ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वुहानबाट १८५ नेपालीलाई आज मध्यरातमा काठमाडौं ल्याइँदै : नेपालीलाई ल्याउने र राख्नेबारे पूर्वाभ्यास यसरी गरियो


एबीसी न्यूज

काठमाडौं, ३ फागुन । कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले कोरोनाप्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन आज शनिवार दिउँसो पौने ३ बजे विमान चीनको वुहान प्रस्थान गर्ने बताउनुभयो । विमानमा चालक दलका ३ सदस्य, ६ जना क्रुज मेम्बर र ४ जना चिकित्सक रहने र उनीहरूको पहिचान गोप्य राखिएको छ ।

eQmk’/, @ kmfu’g M
k”jf{Eof;
rLgsf] j’xfgaf6 NofOg] g]kfnLnfO{ vl/kf6L Sjf/]G6fOg;Dd ;’/lIft ?kdf s;/L nfg] eGg]af/] z’qmaf/ ePsf] k”jf{Eof;df k|wfgdGqL tyf dlGqkl/ifb sfof{nosf ;lrj gf/f0fk|;fb la+8f/Lnufot . tl:a/ M tl:j/ M /d]z lu/L, eQmk’/÷/f;;

चीनस्थित नेपाली दूतावाससँगको समन्वयमा त्यहाँ रहेका नेपालीलाई लिएर विमान तत्काल काठमाडौं प्रस्थान गर्ने गरिने प्रवक्ता खड्काले बताउनुभयो । विमान भोली बिहान सवा २ बजे काठमाडौं अवतरण गर्नेछ ।

सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पु¥याउने भन्ने बारेमा आज पूर्वाभ्यास गरेको छ ।

चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनसम्म कसरी पु¥याउने भन्नेबारे  प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारीलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एम्बुलेन्स, प्राविधिक टोलीसहित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो । चीनबाट ल्याउने नेपालीलाई राख्ने क्वारेन्टाइन निर्माणको सम्पूर्ण तयारी आज बेलुकीसम्ममा सक्ने सचिव विडारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज बेलुकीसम्म क्वारेनटाइन निर्माण सम्पन्न गरिन्छ, चीनबाट खरिपाटीमा ल्याउने १८५ विद्यार्थीमध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा र श्रीमान्, श्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थापन गरिएको छ, चिकित्सकको टोली अर्को ब्लकमा राखिने छ, विमान चालक, सहचालक र परिचारिकालाई चाँगुनारायण नगरपालिका–६ नगरकोटको खानेपानी तालीम केन्द्रको भवनमा बनाइएको ब्लकमा राख्ने व्यवस्था गरेका छौँ ।”

सचिव विडारीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै क्वारेन्टाइन बनाइएको बताउँदै एउटा कोठामा एक मिटरको दूरीमा रहने गरी तीनवटा श्यया राखिएको, कूल चारवटा ब्लकमा १९९ वटा श्यया तयार पारेको, एक व्यक्तिका लागि दैनिक जीवनमा चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको बताउनुभयो ।

यहाँ नेपाली सेनाको एक चिकित्सक र एक नर्सको टोलीले सुरक्षा कवचका रुपमा रहेको अन्तर्राष्ट्रिय मापदण्डकै गाउन लगाएर पूर्ण सुरक्षित रुपमा बस्ने, यहाँभित्र खानेपानी, शौचालय, खानेकुरा, नुहाउने सबै व्यवस्थापन गरी शौचालयको सेफ्टी ट्याङ्कीसमेत नयाँ बनाएर व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

शनिबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज नेपाली लिन चीनतर्फ जानेछ भने उक्त जहाज आइतबार राति नेपाल अवतरण हुनेछ । विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिने भएको छ भने सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ वटा ‘आइसोलेशन वार्ड’ तयार पारेको छ ।

क्वारेन्टाइनमा १५ दिनसम्म राखिने र त्यस क्रममा रुघा, ज्वरो आएमा त्यहाँ राखिएको एम्बुलेन्समा राखेर बिरामीलाई टेकु अस्पतालको ‘आइसोलेशन वार्ड’मा राखेर उपचार गरिने व्यवस्था गरिएको छ । कोरोना भाइरसको परीक्षण गर्ने एकमात्र मेशिन टेकु अस्पतालसँग मात्र भएको र अन्तिम परीक्षणका लागि हङ्कङमै पठाएर हो वा होइन भन्ने प्रतिवेदन आउनेछ ।

सञ्चारकर्मीलाई तस्बिर लिन रोक ः

भक्तपुरको खरिपाटीमा भएको ‘रिहर्सल’ को तस्बिर र भिडियो लिन गएका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले रोक लगाउनुका साथै अभद्र व्यवहार गरेका छन् । सञ्चारकर्मीलाई प्राधिकरणको मूलद्वारबाटै रोक लगाउनुका साथै सञ्चारकर्मीलाई सुरक्षाकर्मीले हातपातको प्रयास गरेपछि प्रहरी र सञ्चारकर्मीबीच निकैबेर घम्साघम्सी चलेको थियो । सञ्चारकर्मीले विरोध गरेपछि क्वारेन्टाइन स्थल अगाडिसम्म प्रवेश गरे पनि क्वारेन्टाइनको तस्बिर लिन भने रोक लगाइएको थियो ।

सञ्चारकर्मीले सरकारको तयारीबारे जानकारी दिन पनि तस्बिर र भिडियो आवश्यक छ भनेर माग गर्दा पनि रोक लगाइएको थियो । सञ्चारकर्मीलाई रोक लगाएको र प्रवेशमा निषेध गर्दै अभद्र व्यवहार गर्नु उचित नरहेको नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चारकर्मीले लोकतन्त्रको प्रत्याभूति कहिले गर्ने रु जनताले कस्तो ठाउँमा चीनबाट ल्याइएकालाई राखिँदै छ भन्ने जानकारी दिनुको सट्टा उल्टै लुकाउने काम भएको छ, यसले सरकारको तयारीबारे शङ्का जन्माएको छ ।” सुरक्षाकर्मीले सञ्चारकर्मीमाथि गरेको अभद्र व्यवहारको सञ्चारकर्मीले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com