काठमाडौं, २ माघ । कोरोना भाइरस संक्रमको आशंकामा अस्पताल भर्ना भएका चीनबाट फर्किएका ३ नेपालीमा भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।
कोरोना भाइरसको आशंकामा गत बुधबार उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभएको पाइएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिनुभयो । उनीहरुमा कोरोना भाइरस संक्रमण हुँदाको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पताल भर्ना गरे पनि परीक्षणको क्रममा पुष्टि गरिएको उहाले बताउनुभयो । संक्रमण पुष्टि नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।
एक हप्ता अगाडि अस्पतालबाट भागेका भनेका साउदी अरेबियन नागरिक बिरामी नभई कुरुवा भएको डा. बाँस्तोलाले बताएका छन् । भागेको व्याक्तिको साथीलाई कोरोना संक्रमणको आशंकामा टेकु अस्पतालमा भर्ना गरिएको थियो । संगै आएका साथी बिरामी भएपछि ती नागरिक अस्पतालमा कुरुवा बस्न पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्