प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने




काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) संघीय संसदलाई सम्बोधन गर्नुहुने भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने तयारी गर्नुभएको हो । दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा हाँसिल गरेका उपलब्धीबारे जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तत्कालीन एमालेका अध्यक्ष रहेका ओली तत्कालीन माओवादी केन्द्रको समर्थनमा झन्डै दुई तिहाई बहुमतसहित प्रतिनिधिसभाबाट प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।र सत्ता साझेदारीपछि तत्कालिन एमाले र माओवादीको पार्टी एकीकरण भएको थियो।

    Comment Here!


सम्बन्धित समाचार

View All