काठमाडौं, २ फागुन । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।
रुपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको हो । उपाध्याय केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए।
उनको शुक्रबार २ बजे दाहसंस्कार गरिने नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्