ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेढ खर्बले घट्यो बजेट , वृद्धिदर लक्ष्य नजिक पुग्ने (भिडियोसहित)


admin
फाल्गुन १, २०७६ बिहीबार  १ : ४७ बजे

काठमाडौँ, १ फागुन । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा ल्याएको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैया“ बजेट अनुमानमा १० प्रतिशत रकम घटाएको छ । यसैगरी पहिलो ६ महिनामा जम्मा १५ दशमलव ४ प्रतिशत मात्र भएको पू“जीगत खर्चलाई बढाएर ८० प्रतिशत पु¥याउने लक्ष्यसमेत बजेटको अर्धवार्षिक समीक्षामार्फत सार्वजनिक गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समिक्षा प्रस्तुत गर्दै चालू आर्थिक वर्षको संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयामा घटाएर कुल विनियोजनको ९० दशमलव ४ प्रतिशतमा झारेका छन् । संशोधित बजेटअनुसार चालू खर्च ९४ दशमलव ५ प्रतिशत अर्थात् ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख रुपैया र विकासतर्फ अर्थात् पु“जीगत खर्च ८०.१ प्रतिशत अर्थात् ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख अर्थात् विनियोजनको ९२.३ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

चालु बर्षको बजेटमा कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख मध्ये पहिलो ६ महिनामा ४ खर्ब २२ अर्ब ५५ करोड ६ लाख खर्च भएको छ । यो रकम कुल विनियोजित रकमको २७.६ प्रतिशत हो । जसमा चालु खर्चतर्फ ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख अर्थात विनियोजनको ३२.४ प्रतिशत, पुजीगत र वित्तीय व्यवस्थातर्फ ६२ अर्ब ७६ करोड ६७ लाख अर्थात विनियोजित रकमको १५.४ प्रतिशत खर्च भएको बताएका हुन । यसैगरी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व संकलन ४ खर्ब ५६ अर्ब १८ करोड भएको छ । यो गत बर्षको सोही अवधिको संकलनको तुलनामा १३.४ प्रतिशतले बढी हो । यसैगरी समीक्षामा कर राजस्वको वृद्धि ९ प्रतिशत र गैरकर राजस्वको वृद्धि ५० प्रतिशत भएको उल्लेख गरिएको छ । आयातमा कमी आएकोले त्यसको प्रत्यक्ष प्रभाव राजस्व परिचालनमा देखिएको अर्थमन्त्रीको भनाइ छ । यसैले सरकारले राजस्व संकलनतर्फ लक्ष्यको ९५.६ प्रतिशत असुली हुने अनुमान गरेको छ ।

यस्तै विगत छ महिनामा निर्यातमा वृद्धि र आयातमा कमी आएका कारण व्यापार घाटामा सुधार आउनुको साथै चालु खाता घाटा आधा भएको र भुक्तानी सन्तुलन स्थिति सुदृढ हुदै आएको अर्थमन्त्री खतिवडाले बतँए । यद्यपि आयातमा आएको ह्रास र नया“ राजस्व प्रणालीप्रति व्यवसायीहरू अभ्यस्त हुन समय लागेकाले आयातबाट प्राप्त हुने राजस्व अपेक्षाकृत संकलन हुन नसकेको भन्दै लक्ष्य अनुसार राजस्वमा संकलन गर्न नसकिएको स्वीकार गरेका छन । सरकारले आर्थिक वर्षको पहिलो छ महिनासम्मको औसत मुद्रास्फीति ६.४ प्रतिशत रहेको जनाएको छ । यस्तै कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.१ प्रतिशतले वृद्घि भई ५७ अर्ब २८ करोड रुपैया पुगेको छ । कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड पुगेको छ । कुल व्यापार घाटा ६.१ प्रतिशतले घटी .६ खर्ब ३७ अर्ब ४१ करोड पुगेको छ ।

सरकारले चालू आवमा ८.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान बजेटमार्फत गरेको थियो । अर्थमन्त्रीले आर्थिक वृद्धिदरमा कुनै संशोधन नगरी पूर्वानुमान अनुसारको लक्ष्यकै हारहारीमा हुने बताए । अर्धवार्षिक समीक्षा मार्फत अघि सारिएका पू“जीगत खर्चबृद्धि, राजस्व असुली लगायतका सबै लक्ष्यअनुरुप कार्यान्वयन हुनसके लक्षित आर्थिक बृद्धिदरको प्राप्ति हुनसक्नेमा आशावादी हुन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

सम्बन्धित

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com