ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोकमा कोरोना संक्रमणको सम्भावना छैन – स्वास्थ्यकर्मी


एबीसी न्यूज

सिन्धुपाल्चोक, २९ माघ  । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल संक्रम भए पनि कोरोना भाइरसको संक्रमणको संभावना नरहेको पाइएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गदत्त चापागाईका अनुसार हिजोबाट आफूहरुले सो गाउँको ट्रभाल हिस्ट्री बारे बुझन लगाएको र त्यहाँ कोही पनि चीन लगायत संक्रमित क्षेत्रबाट आवतजावत गरेको नपाइएकोले कोरोना भाइसर संक्रमको कुनै संभावना नरहेको बताउनुभयो ।

सो क्षेत्रमा हाल देखा परेको भाइरल संक्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्टहरु परिचालन गरी उपचार शुरु गरिएको र केहीलाई निको समेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाँईले बताउनुभयो ।

साथै त्यहाँको भाइरल संक्रमणबारे जाँच गर्न आफूहरुले टेकु स्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यस तर्फ पठाउने जानकारी गराएको बताउनुभयो । यसैबीच सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दुरीमा रहेको र अहिले जलविरेबाट चिकित्सकको टोली लिएर आफू त्यसतर्फ जाँदै गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनु भयो ।

गाउँमा २०१ जनामा संक्रम भएका मध्ये १० जनाको उपचार भएको र एक जनाको अबस्था गम्भीर रहेको अध्यक्ष नेपालले जनाकारी गराउनुभयो । गाउँपालिकामा हेल्थ असिस्टेन्ट मात्रै भएकाले आफूले चिकित्सकको टोली लिएर जान लागेको बताउनुभयो ।

गाउँमा भाइरल संक्रम भए पछि कोरोना भाइरसको लक्ष्यणसँग मिल्दो जुल्दो भएको भन्दै जुगल गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार समेत गरको छ । सो स्थानमा विगत तीन दिन देखि विरामीको संख्या बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com