ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई निरुत्साहित नगरे राज्यको अपेक्षा पूरा नहुने – राष्ट्रपति भण्डारी


एबीसी न्यूज
माघ २९, २०७६ बुधबार  ७ : ३६ बजे


काठमाडौ, २९ माघ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित नगरिकन राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्न कठिन हुने बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ स्थापना दिवसका अवसरमा  यहाँ आयोजित कार्यक्रममा उहाँले वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति देखिएकाले ती पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले समाजमा भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु भएको उल्लेख गर्दै नैतिकवान्, मर्यादित र सभ्य समाजका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र प्रविधिको शासन कायम गर्न सबै क्षेत्रको सहकार्य र सहयोग जरुरी रहेको छ भन्नुभयो । ‘‘सबैको साझा अठोट र प्रयासबाट मात्र भ्रष्टाचार निर्मूल गर्न सकिन्छ’’, उहाँले भन्नुभयो, ‘‘भ्रष्टाचार नियन्त्रमा सरकारी, गैरसरकारी निजी क्षेत्र एवं सरोकारवाला सबैको सहयोग हुनु आवश्यक छ ।’’

राष्ट्रपति भण्डारीले राजनीतिक दल, कर्मचारी, गैरसरकारी र निजी क्षेत्र सबैलाई भ्रष्टाचार विरुद्धमा आफ्नो ठाउँबाट सार्थक प्रयास गर्न आग्रह गर्नुभयो । उहाँले भ्रष्टाचारका कारण र असरबारे थप सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो ।

राज्यबाट प्रदान गर्ने सेवा सुविधा जनताले सरल र सहज रुपमा प्राप्त गर्न तथा सरकारी एवम सार्वजनिक सम्पत्ति संरक्षण र सदुपयोग गर्नमा आयोगले खेलेको भूमिका अझ सशक्त हुने छ भन्ने अपेक्षा राख्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार गर्ने स्वरुप र शैली परितर्वन हँुदै गएकाले भौतिक साधन र सवल जनशक्तिद्वारा अगाडि बढ्न आयोग अग्रसर हुनुपर्ने बताउनुभयो ।

उहाँले जनुसुकै रुप, रङ्ग र शैलीको भए पनि सार्वजनिक पदाधिकारी, कर्मचारीले जवाफदेही र जिम्मेवार भई कार्य गरेमा भ्रष्टाचार नियन्त्रण हुन सक्ने धारणा राख्नुभयो । ‘‘जनताको सेवालाई मूल लक्ष्य बनाएका राष्ट्रसेवकले व्यक्तिगत स्वार्थभन्दा माथि उठी राष्ट्रको हितलाई सर्वोपरी राखी कार्य गर्नुपर्दछ’’, उहाँले भन्नुभयो ।

उहाँले भ्रष्ट प्रवृत्तिले समाजलाई पछाडि परेका समुदायको सुरक्षा गर्ने राज्यको दायित्वलाई कमजोर बनाउँदै सोही समुदायलाई सबैभन्दा बढी आघात पु¥याउने उल्लेख गर्दै भ्रष्टाचारले सार्वजनिक स्रोतको दुरुपयोग बढाउने, विकासलाई अवरुद्ध पार्ने र समाजका अन्य क्षेत्रमा नकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भ्रष्टाचारबाट आर्जन गरिरहेको सम्पत्तिले क्षणिक लाभ पु¥याए पनि स्वयं भ्रष्टाचार गर्ने व्यक्तिलाई गम्भीर सामाजिक, आर्थिक र मानसिक असर पु¥याउने बताउनुभयो । ‘‘भ्रष्टाचारको बहुआयामिक दुष्चक्र नियन्त्रण नगरिएमा सार्वजनिक सेवा प्रभाह दुर्लभ बन्दै समुन्नतिको मार्ग रोकिँदै जाने छ’’, उहाँले भन्नुभयो, ‘‘नेपाल भ्रष्टाचार नियन्त्रणको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र पनि भएकाले भ्रष्टाचार विरुद्धको विश्वव्यापी अभियानमा हामीले हातेमालो गर्नु जरुरी रहेको छ ।’’

कार्यक्रममा राष्ट्रपति भण्डारीले आयोगमा उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट आयोगका उपसचिव दीपक खतिवडा र प्रहरी नायब उपरीक्षक भिष्म हुमागाईंलाई रु २५ हजारसहित पुरस्कृत गर्नुभयो । यसैगरी रु २० हजारको उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सहसचिवद्वय प्रदीप कोइराला र शेरजन कार्की तथा उपसचिव सुशीला अधिकारी, मदन कोइराला, गोकुल बाँस्तोला, रमेश ढकाल लगायतलाई पुरस्कृत गर्नुभयो ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामलाई अझ प्रभावकारी बनाउनका लागि रणनीति योजना ल्याइएको जानकारी गराउनुभयो । उहाँले आयोगले कसैप्रति पूर्वाग्रह र आग्रह नराखी संविधानले दिएको अधिकारअनुसार काम गरिरहेको बताउनुभयो ।

आयुक्त डा सावित्री थापाले आयोगले भ्रष्टाचार विरुद्धको कारवाहीलाई सशक्त र नतिजामुखी बनाउने बताउनुभयो । उहाँले आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण गर्न सबै कार्यालयसँग हातेमालो गर्ने बताउनुभयो । विसं २०४७ माघ २८ गते आयोगको गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com