ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिएससिएनको डान्स फेस्टिवल सम्पन्न


एबीसी न्यूज
माघ २८, २०७६ मंगलबार  ५ : ५९ बजे
काठमाडौं, , २८ माघ ।  प्रि स्कुल कमिटी अफ नेपाल (पिएससिएन) ले आयोजना गरेको डान्स फेस्टिवल सम्पन्न भएको छ । ललितपुरको सेन्ट जेभियर्स स्कुलमा सम्पन्न डान्स फेस्टिवलमा पिएससिएन अन्तर्गतका विभिन्न १९ वटा स्कुलको सहभागिता थियो । १९ वटा स्कुलका ४०० भन्दा बढी बिद्यार्थी विभिन्न मौलिक भेषभुषामा सजिएर फेस्टिवलमा सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीहरुले विविध नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
२०७६ सालमा स्थापना भएको पिएससिएनले ससाना बालबालिकाको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ । कार्यक्रममा विशेष अतिथिको रुपमा केन्द्रीय प्याब्सनकी सचिव तथा हिमालय स्कुलरकलेजकी निर्देशक संगीता सिलवाल ऐर, मर्निङ ग्लोरी इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक मोहना मोथे खनाल र नृत्य निर्देशक रोहिया महर्जनको उपस्थिति थियो ।
कार्यक्रममा विशेष अतिथि संगीता सिलवाल ऐरले शिक्षाको परम्परागत पद्दती फेरिएको बताउँदै समयानुकुल शिक्षामा जोड दिइन् । उनले पिएससिएनले आयोजना गरेको कार्यक्रमको खुलेर प्रशंसा गरिन् । अहिले विगतमा जस्तो किताबी ज्ञानमा मात्र शिक्षा सीमित नभएकोले सानै उमेरदेखि बिद्यार्थीको सर्वांगिण व्यक्तित्व विकासका लागि पिएससिएनले विभिन्न कार्यक्रम गर्दै आएको पिएससिएनकी अध्यक्ष सभ्यता खड्का स्वारले जानकारी दिइन् ।
पिएससिएनका सचिव पूजा गौतमले सात वटा विद्यालयबाट सुरु भएको यस संस्थामा अहिले २० वटा विद्यालय संलग्न रहेको जानकारी दिइन् । डान्स फेस्टिवल पिएससिएनको नियमित वार्षिक कार्यक्रम भएको बताउँदै उनले बालबालिकाको क्षमता अभिवृद्धिका निम्ति आगामी दिनमा विभिन्न कार्यक्रम गरिरहने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com