काठमाडौं, २७ माघ । ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यामा कामदारको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।
अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने देखिएको हो ।
मुनाको हत्यामा संलग्न भनिएका कामदार दाङका विशेष चौधरी पनि मृत भेटिएका छन् । अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल पुर्याएको थियो । तर, चिकित्सकले केहीबेरअघि मृत घोषणा गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्