ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ आईजीपी को ? आईजीपी खनाल भोलिदेखि अवकाशमा


एबीसी न्यूज

काठमाडौं, माघ २७ प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले (भोलि) मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७ औंँ प्रहरी महानिरीक्षक बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उहाँले अनिवार्य अवकाश पाउन लाग्नुभएको हो । उहाँ मंगलबारदेखि अनिवार्य अवकाशमा बस्ने भए पनि नयाँ आईजीपीबारे अझै टुंगो लाग्न सकेको छैन । महानिरीक्षक खनालसँगै १८ डीआईजी र तीन एआईजीले अवकाश पाउँदै छन् । बहालवाला आईजीपी अवकाश पाउनुअघि नै बिदामा बसेर भावी आईजीपीलाई जिम्मेवारी हस्तान्तरण गर्ने चलन भए पनि नयाँको टुंगो नलाग्दा यो सम्भव हुन सकेन ।

खनालले आफ्नो कार्यकाल बढाउने कोशिस गरेको आरोप लाग्दै आएको छ । खनाल दुई वर्षअघि २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक बन्नुभएको थियो ।

आईजीपीमा तीन डीआईजी दाबेदार

खनालपछि महानिरीक्षकमा तीन प्रहरी नायव महानिरीक्षक ९डीआईजी०हरु दाबेदार छन् । प्रदेश १ का ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय दाबेदार रहे पनि उनीहरुमध्ये को आईजीपी हुन्छ भन्ने टुंगो लागेको छैन । उनीहरूको ३० वर्षे सेवा अवधि आउँदो असारमा सकिंदैछ । तीनमध्ये पनि ज्ञवाली र लम्सालको नाम चर्चामा छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् । सरकारले सोमबार या मंगलबारसम्म नयाँ महानिरीक्षकको नाम टुंगो लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com