ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासको गति सुस्त भएकोमा प्रधानमन्त्रीबाट असन्तुष्टी ब्यक्त


एबीसी न्यूज
माघ २६, २०७६ आईतबार  ७ : ४७ बजे


काठमाडौं, २६ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गति सुस्त भएको भन्दै मन्त्रीहरूसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकमा प्रधानमन्त्री ओलीले सरकारको लक्ष्यअनुसार विकास निर्माण कार्यले तीव्रता पाउन नसकेको बताउनुभएको हो । केही प्रगति हुनुका साथै राम्रा काम पनि भएको बताउदै ओलीले सन्तोषजनक भने हुन नसकेको स्वीकार गर्नुभएको हो । ओलीले पुँजीगत खर्च अत्यन्त कम भएको र वैदेशिक लगानीका आयोजना पनि ढिला भएकोमा असन्तुष्टि जनाउनुभयो ।

उहांले मुलुकलाई अहिले तीव्र विकास आवश्यक रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न मन्त्री, सचिव तथा आयोजना प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो । देशलाई तीव्र विकास चाहिएकोले सबैले ध्यान त्यसैमा दिन प्रधानमन्त्रीले निर्देशन दिनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले चालु आर्थिक वर्षको प्रथम चौमासिक सम्मको प्रगति, समितिको अघिल्लो बैठकका निर्णयहरूको कार्यान्वयन अवस्था तथा बैठकबाट समाधान गर्नुपर्ने समस्याहरू प्रस्तुत गर्नुभएको थियो । समितिको बैठकमा सङ्घीय सरकारका मन्त्री, सचिव, सातवटै प्रदेशका मुख्यमन्त्री तथा आयोजना प्रमुखहरू सहभागी हुने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com