
काठमाडौं, २४ माघ । लिटल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनलाई पक्राउ गर्न सर्लाही प्रहरीको टोली सिन्धुली पुगेको छ । करिब एक वर्षअघि सर्लाहीकी रिता बोट नाम गरेकी बालिका बेपत्ता बनाउने कार्यमा उनको संलग्नता रहेको उजुरीका आधारमा जिल्ला अदालत सर्लाहीको आदेश लिएर प्रहरीको टोली उनलाई पक्राउ गर्न सिन्धुली पुगेको हो । अदालतको आदेशपछि उनलाई पक्राउ गर्नका लागि प्रहरीको टोली गएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिनुभयो । प्रहरीआश्रममा गएर खोजी सुरु गरेपनि उनी फेला परेका छैनन् । आफूलाई तपस्वीका रुपमा चिनाएका बम्जनका आश्रममा जाने युवतीहरुसँग उनले अवैध सम्बन्ध राख्ने गरेको र वेपत्ता पार्ने गरेको आरोप लाग्दै आएको छ ।
यसअघि बम्जनको आश्रमबाट मकवानपुरकी फुलमाया रुम्बा, नुवाकोटकी कर्मा तामाङ बेपत्ता भएको उजुरी परेको छ । यस्तै सिन्धुपाल्चोकबाट समेत उनको आश्रममा आएका आनीहरु हटाएको विषय बाहिर आएपछि उनी विवादित बनेका छन् ।








प्रतिक्रिया दिनुहोस्