बुटवल, २३ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ब्यबसायिक सटरमा डोजर चलेको छ ।
प्रदेश सरकारले अस्पतालको बिकास संगै प्रदेश गौरवको अायोजनाको रुपमा अगाडि बढाउन थालेको छ । पटक-पटक सुचनम प्रकाशीत गरेर सटर खालि गर्न ब्यबसायिलाई अाग्रह गरेपनि अटेर गरेपछि अस्पतालका सटरमा बिहिवार बिहान डोजर चलेको हो । अस्पतालका ७३ वटा ब्बसायिक सटरहरु रहेका छन ।
जिल्ला अदालत रुपन्देही मा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाए संगै अस्पताल बिकास समितिले बुधबार राति १२ बजे सम्म २४ घण्टे अल्टिमेटम दिएको थियो । अल्टिमेटम उपर पनि ब्यबसायिहरुले सटर खालि गर्न अानाकानी गरेपछि डोजर चलाईएको ईलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानाकारी दिए ।
प्रतिक्रिया दिनुहोस्