काठमाडौं, २० माघ । नेपाल दूरसञ्चार प्राधिकरणले सिजी कम्युनिकेसनको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले आइतबारबाट लागू हुने गरी सिजीको लाइसेन्स खारेज गरेको हो। चौधरी समूहअन्तर्गतको कम्पनीलाई ७ जिल्लामा दिइएको लिमिटेड मोबिलिटी सर्भिस बेस्ड अन वायरलेस टेलिकम्युनिकेसन्स सेवाको अनुमतिपत्र कानुनअनुसार नवीकरण दस्तुरसहित निवेदन पेश नगरेकाले स्वतस्÷रद्द भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सिजीलाई बागलुङ, पाल्पा, कञ्चनपुर, डडेलधुरा, बैतडी, बर्दिया र दैलेखका लागि लाइसेन्स दिएको थियो। २०६६ साल माघ १० गते सिजीलाई दिइएका यी लाइसेन्स १० वर्षपछि स्वतः खारेज भएका हुन्।
प्रतिक्रिया दिनुहोस्