ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीमा ५५ किलो गाँजासहित ६ जना पक्राउ


एबीसी न्यूज

सिन्धुली,२० माघ । सिन्धुलीमा ५५ किलो गाँजासहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यही माघ १८ गते गाँजासहित छ जनालाई पक्राउ गरेको हो । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पक्राउ गरिएका व्यक्ति र गाँजाको परिमाणका बारेमा सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ घर भएका १८ वर्षीय सन्तोष स्याङ्तान, १८ वर्षीय आकाश बल, २४ वर्षीय अङ्कित मुक्तान, २४ वर्षीय सरोज स्याङ्तान, सिन्धुलीकै मरिण गाउँपालिका–२ निवासी ३५ वर्षीय तिलकध्वज मुक्तान र सर्लाही जिल्ला वाग्मती नगरपालिका–४ निवासी २४ वर्षीय श्रवणकुमार वाइवा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

सिन्धुलीमा नै गाँजा उत्पादन गरी अन्यन्त्र बिक्रीका लागि लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री र प्रहरी चौकी क्यानेश्वरका प्रहरी सहायक निरीक्षक भुवनेश्वर पाण्डेको संयुक्त टोलीले हरिहरपुरगढी गाउँपालिका–७ केमचुली कच्ची सडकस्थित क्यान भुताहा जाने सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको बताइएको छ । उनीहरुका साथबाट ना५८प ८५१, ना४६प २३१० र ज७प २४१६ नंको तीन थान मोटरसाइकल, ५५ किलोग्राम गाँजा, उनीहरुले प्रयोग गरेको मोबाइल, केही पैसा बरामद भएको उहाँले जानकारी दिनुभयो ।

सन्तोष स्याङ्तान र आकाश बलका साथबाट मोटरसाइकलको सिटमाथि लुकाइराखेको मेशिनले पेली तयारी अवस्थामा राखिएको तीन थान लागुऔषध गाँजा ९१५ किलोग्राम०, अङ्कित मुक्तान र सरोज स्याङ्तानका साथबाट चार ९२० किलोग्राम० तयारी गाँजा र श्रवणकुमार वाइवा र तिलकध्वज मुक्तानका साथबाट चार थान ९२० किलोग्राम० गाँजा बरामद गरिएको प्रनाउ खत्रीले जानकारी दिनुभयो ।

उनीहरुले प्रहरीसमक्ष आफूहरु सीमा कटाउने र प्रतिकिलोग्राम रु १० हजारमा किनबेच हुने गरेको बयान दिएका थिए । प्रतिकिलो ढुवानीबापत रु दुई हजार ५०० सम्म लिँदै आएको र आफूहरुलाई अरूले नै पठाउन लगाएको बताएको र आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका छ जना प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिहेको जानकारी दिनुभयो ।

गाँजा फँडानी

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चालु आवको शुरुदेखि हालसम्म २७१ बिघा एक कट्ठा, १९ धुरमा लगाएको अवैध गाँजा फँडानी र नष्ट गरेको छ । उक्त क्षेत्रफलमा लगाइएको गाँजा तथा गाँजाको बेर्ना नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रनाउ खत्रीले जानकारी दिनुभयो । उहाँले गाँजा मरिण गाउँपालिका–२, ३ र ४ र हरिहरपुरगढी गाउँपालिका–६, ७ र ८ मा लगाइएको गाँजा नष्ट गरिएको बताउनुभयो । प्रहरीले अहिले गाँजा खेतीका बारेमा सर्च गरेर नष्ट गर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

ऐलानी जग्गामा गाँजा खेती हुने हुँदा कस्ले गाँजा खेती गरेको हो भन्नेबारे खुल्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चारैतिर जङ्गल बीचमा रहेको सेपिलाने भागमा गाँजा खेती गरेको पाइएको छ ।” टाढाबाट हेर्दा जङ्गल देखिने तर भित्री रुपमा गाँजा खेती गरेको पाइएपछि प्रहरीले सूक्ष्म तवरले अनुसन्धान गर्दै अवैध गाँजा खेती नष्ट गर्ने अभियान चलाएको उहाँले बताउनुभयो । हरेक वर्ष गाँजा प्रहरीले फँडानी गरिरहेको तर नियन्त्रण हुन किन नसकेको भन्ने प्रश्नमा प्रनाउ खत्रीले प्रारम्भिक अनुसन्धानबाट एक वर्षको गाँजा प्रहरीको आँखा छली उत्पादन गरेर बजारमा बिक्री गर्न सके वर्षांैसम्मको खर्च पुरताल भई लाखाँै रुपैयाँ आम्दानी गर्ने लक्ष्यसहित यसको खेती भएको पाइएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अघिल्लो वर्ष उक्त क्षेत्रमा लगाइएको १२१ बिघामा लगाएको गाँजा प्रहरीले फँडानी गरेको थियो । हालै सुकाएर तयारी गर्दै गरेको नौ क्विन्टल गाँजा पूर्णरुपमा नष्ट गरिएको प्रनाउ खत्रीले जानकारी दिनुभयो । उत्पादन भएको ठाउँमा नभई ट्र्याक्टरमा ढुवानी गरी जङ्गलमा सुकाएर राखेको गाँजा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिकामा केही वर्षदेखि व्यावसायिक रुपमा गाँजा खेती हँुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com