ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठाढी भन्सारद्वारा लक्ष्य भन्दा ४६ प्रतिशत बढी राजस्व संकलन


एबीसी न्यूज

सिरहा । ठाढी भन्सार कार्यालयले वर्षको माघ मसान्तसम्म मा लक्ष्य भन्दा ४६ प्रतिशत बढी राजस्व संकलन गरेको छ।
ठाडि भन्सार कार्यालयले वर्षको माघ १६ गते सम्म २ करोड ८३ लाख ४३ रुपैया राजस्व असुली गर्ने लक्ष्य लिए पनि भन्सार कार्यालय , नेपाल प्रहरी र सशस्त्रका प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रहरुमा सक्रियता बढाउँदै लक्ष्य अनुरुप काम गर्दै जाँदा वर्षको माघ १६ गते सम्मा लक्ष्य भन्दा १ करोड ३१ लाख ८१ हजार थप राजस्व संकलन गरेको हो। कार्यालयले ४ करोड १५ लाख २४ हजार राजस्व असुली गर्न सफल भएको प्रमुख भन्सार अधिकृत नरेश साहले बताए। गत आ. ब २०७४/०७५ को तुलनामा यस वर्षको माघ मसान्तसम्म दोब्बर राजस्व संकलन भएको साहले बताए।
अधिकृत साहका अनुसार गत आर्थिक वर्षको तुलनामा बढी राजस्व संकलन भएको हाे । यस बर्षमा भन्सार भएर आउने धान , चामल , गेहु ,लत्ताकपडा, टायल्स, मेसनरी पार्ट्स, मोटर पार्ट्स, सौन्दर्यका समान लगायतका सामान आयातबाट राजस्वमा वृद्धि हुन गएको उनले बताए। यस आर्थिक वर्षमा निकासी भने शुन्य रहेको उनले बताए। ‘मालवस्तु जाँचपास सम्बन्धी मूख्य कार्यभार सम्हाल्दै आएको भन्सार कार्यालयले त्यसका अतिरिक्त चोरी निकासी/पैठारी नियन्त्रणको कार्यमा पनि उत्तिकै भूमिका निर्वाह गर्दै आएको छ।’
आ.व. २०७४/०७५ र यश बर्षको माघ मसान्तसम्म अवैध मालबस्तुहरु बरामद गरी पेश भएका मुद्दाहरु मध्ये २ सय ३४ मुद्दाको प्रतिवेदन मुल्य १ करोड़ ५२ लाख रहेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। ती मुद्दाहरु भन्सार कार्यालय, जिल्ला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायत निकायहरुबाट पक्राउ भई कारवाहीको लागि कार्यालयमा दाखिला भएका थिए। आगामी वर्षहरुमा चोरी निकासी पैठारी नियन्त्रणको कार्यलाई अझै तिब्रता दिने लक्ष्य रहेको साहले बताए। भन्सार प्रशासनले भन्सारका पूर्वाधारहरुको समेत समय सापेक्ष स्तरोन्नति गर्दै जाने प्रतिवद्धता समेत उनले जनाए। भन्सार सेवा अन्तरगतका न्यूनतम सुविधाहरुको निमित्त पुराना भवनबाटै सेवा प्रदान गरीरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com