ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्‍याए – प्रहरी


एबीसी न्यूज


जनकपुरधाम, २० माघ । धनुषामा मोवाइलको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । धनुषाको औरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यले हत्या गरेको प्रहरीले दाबी गरेकोछ ।

चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा विवाद हुँदा झगडा भएको थियो । सोही विषयमा श्रीमान अनिलकुमार, नन्द पुनिता, सासू–ससुरा मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । चिन्तामणिको घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्‍याएको पाइएको डीएसपी रामेश्वर कार्कीले बताउनुभयो ।

उपचार गराउन आउँदा घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतक चिन्तामणिका श्रीमान ३० वर्षीय अनिलकुमार पासवान, ससुरा ५५ वर्षीय राधाकृष्ण पासवान, ४५ वर्षीया सासू कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवान छन् । घटनावारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com