ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा क ख पढ्दै बालबालिका ( फोटो फिचर)


एबीसी न्यूज

टोकियो, जापान,  १९ माघ ।  राजधानी शहर टोकियोमा सानासाना बालबालिका नेपाली अक्षर चिन्दै थिए । उमेरले सानै तर अक्षर चिन्ने चाहाना भएका उनीहरु ठूलो अक्षरमा क ख ग र A B C D लेख्दै थिए ।

अक्षराम्भकै लागि बिहिबार एभरेष्ट स्कुलमा पुगेका ती बालबालिका शिक्षकको साहारा लिदै कापी रङगाई रहेका थिए । कसैले क बाट कलम त कसैले A FOR APPLE त कसैले १ २ ३ जस्ता शब्द र अक्षरले कापीको पाना भर्दै थिए । उनीहरुले लेखेको कुरा पानामा मात्र सिमित राखेनन् छेउछाउका साथी, शिक्षक र अभिभावकलाई सम्म पढेर सुनाउन भ्याए ।

गोलो टेबल वरिपरि शिक्षिका संगै पढ्दै र लेख्दै गरेका ती बालबालीका देख्दा लाग्थ्यो त्यहाँ नियमित कक्षा संचालन भईरहेको छ, तर त्यहाँ कक्षा संचालन नभई अक्षराम्भ पो गरिदै थियो । त्यो पनि एभरेष्ट स्कुलले आयोजना गरेको सरस्वती पूजाको अवसर पारी । बिद्यालय उमेर पुगेका बालबालिकालाई श्रीपञ्चमीको दिनबाट औपचारिक शिक्षा शुभारम्भ गर्दा सुभ साईत मानिने र विद्या बुद्धी बढने जनविश्वास पनि रहदै आएको छ । सोही अनुरुप अभिभावकहरु औपचारिक शिक्षाका लागि बच्चा बोकी बिद्यालय सम्म पुगेका थिए । विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधाना संगै बिद्यालय शुरु गर्दा बच्चाहरु पढाईमा ध्यान दिने, ज्ञानी हुने , र लगनशिल बन्ने विश्वास समेत अभिभावकको थियो । यता बालबालिका पढ्दै, लेख्दै र साथीसंग रमाउन व्यस्त, थिए भने उता अभिभावकहरु छोराछोरी बिद्यालय सुरु गरे भन्दै मख्ख थिए । नेपाली बिद्यालय र नेपाली पाठ्यक्रममा पढाउन पाउदा निकै खुशी लागेको छ ।

अभिभावक–अभिभाकबिच कुरा गर्दै थिए । केही अभिभावकले त पहिलो बच्चा नेपालमा लगेर पठाएको दुखेसो पोख्दै थिए । बिद्यालय थिएन, बच्चा पढाउनै पर्यो । “नेपाल लानुको विकल्प थिएन, आधा परिवार जापान आधा नेपाल “ अभिभावकको गुनासो थियो । जापान बिज्ञान, प्रविधी र शिक्षाले फड्को मारेको देश भएकाले पनि बच्चाको भविष्य उज्वल हुने आशा राखेका थिए ।

औपचारिक शिक्षा प्रवेश गरेकाहरु अक्षर चिन्ने अभ्यास गर्दै थिए भने अन्य विद्यार्थीहरु आआफनो जिम्वेवारीका लागि तयारी थिए । कोही नृत्यको लागि तयारी थिए त कोही सरस्वती स्तुती बाचनका लागि त कोही शिक्षकलाई सघाउदै थिए । त्यहाँ नेपाली बिद्यार्थी मात्र थिएनन जापान, पाकिस्थान, फिलिपिन्स, मंगोलियन, बंगालादेश, न्युजिल्याण्ड लगायतका बिद्यार्थी पनि सहभागी थिए । उनीहरुको हाउभाउ देख्दा नेपालको संस्कृतीसंग अभ्यस्त भईसकेको जस्तो देखिन्थ्यो ।

पहिलेदेखि त्यहीँ अध्ययनरत र प्रत्येक वर्ष गरिदै आएकोले दुविधा थिएन । विद्याकी माता सरस्वतीको पूजा गर्दा विद्या, बुद्धि र विवेक बढ्ने बताउदै थिए । यसले के अनुमान गर्न सकिन्छ भने, “नेपालको संस्कृती अन्तराष्ट्रीय जगतमा समेत परिचित र नयाँ पुस्तामा हस्तान्तरण गर्न भूमिका खेलेको छ“।

बिद्यार्थी नै अनुशाशनको पाठ सिकाउदै थिए 

बिद्यार्थीको पहिलो गहना नै अनुशाशन हो । अनुशाशित छन भन्ने कुरा त्यहाँको बातावरणले नै छर्लङ्ग पारेको थियो । करिब ४ सय जनाको हाराहारीमा हुदा पनि न कतै हल्ला थियो, न त भिडभाड धकेला धकेल, न त आपसी खासखुस । बातावरण शान्त र मनोरम थियो । बिद्यार्थी आफैले साना–साना भाइ बैनी र अभिभावकलाई ठूलो स्वरले नबोल्न र शान्त भएर बस्न भन्दै सम्झाउदै थिए ।

विद्यालयको वातावरण, (पठनपाठन शैली, शिक्षकले गर्ने व्यवहार, कक्षाकोठाको व्यवस्थापन) देशले पारेको प्रभाव, जापानिज संगको हेलमेल जस्ता कारण बिद्यार्थी आफै जिम्मेवार र अनुशाशित बनेका हुन सक्छन् । जापान बिकास र प्रविधिले मात्र अगाडी होईन अनुशाशन र सरसफाईमा पनि उत्तिकै सभ्य छ । सार्वजनिक यातायात, बिद्यालय, कलेज, कार्यक्रम स्थल, संपिङ्ग महल, काम गर्ने ठाउँ, घर लगायत सबै ठाउँमा जापानीजहरु सभ्य नागरिकको पहिचानका साथ प्रस्तुत हुन्छन् । (त्यसको प्रभाव बिद्यार्थीमा पनि देख्न सकिन्थ्यो ) त्यसैले पनि शिक्षक आफनो उत्पादन र अभिभावक आफना सन्तान दक्ष, क्षमतावान र सभ्य नागरीक तयार हुनेमा ढुक्क देखिन्छन् ।

सङख्या बढ्दै जादा बिद्यालयको माग भयो

नेपालीको सङख्या बढ्दै गएपछि बिद्यालयको आवश्यकता महसुस हुन थाल्यो । बच्चा पढाउन अभिभावकलाई चिन्ताको विषय नै बन्यो । जापानमा नेपाली बिद्यालय संचालन गर्नु सामान्य बिषय थिएन तर चुनौतीको सामाना गर्दै संचालनमा आयो । नेपाली पाठ्यक्रममै पठनपाठन सुरु भयो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष डा। भुपालमान श्रेष्ठ भन्नुहुन्छ, “गुणस्तरीय शिक्षा संगै जापानको प्रविधिलाई पनि समावेश गराएका छौं ।” बिद्यार्थीको चौतर्फी विकासका लागि किताबी ज्ञानले मात्र पुग्दैन । पाठ्यक्रम बाहेक अतिरिक्त क्रियाकलाप पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

बिद्यार्थीको उमेर, तह, रुची अनुसार फिल्ड भिजीट, समूह छलफल, गोष्ठी, सेमिनार कल्चरल डे लगायतका क्रियाकलाप समेटिएकाले दक्ष र सभ्य नागरिक उत्पादनमा ढुक्क छौं । बिद्यालयको दावी छ ।

नेपालको पाठ्यक्रममा बिदेशीले समेत अध्ययन गरिरहेका छन् । यसले नेपालको शिक्षाको महत्व विश्व बजारमा समेत माग भएको संकेत गर्छ । २०१३ सालबाट पठनपाठन सुरु गरेको यस विद्यालयले आफनै भवनबाट सेवा दिईरहेको छ । नेपाली समुदाएको बाक्लो बसोबास रहेको टोकियोमै बिद्यालय हुँदा आसपासका क्षेत्रलाई समेत समेटन सकेको छ । हिजोका दिनमा जापानमा विद्यालय नहुँदा बालबच्चा पढाउन नेपाल लानु पर्ने बाध्यता थियो भने आज एभरेष्ट स्कुल बिकल्पको रुपमा खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com