ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माण कम्पनीको लापर्वाहीले ६ वर्षसम्म वन्न सकेन भेरी नदीमा मोटरेवल पुल (भिडियोसहित)


एबीसी न्यूज
माघ १९, २०७६ आईतबार  २ : ४४ बजे

रुकुम, १९ माघ ।  राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने रुकुम पश्चिम र जाजरकोट जोडने मोटरेवल पुलको निर्माण कार्य अलपत्र छ । ६ वर्ष पहिले सुरु गरिए पनि ठेकेदार कम्पनीको लापर्वाहीले गर्दा हालसम्म पुल निर्माणको काम अलपत्र परेको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकादेखि जाजरकोट जिल्लाको भेरी नगरपालिका जोडने उक्त पुलको काम निर्धारित समयभित्र सम्पन्न नहुदा यातायात आवतजावतमा कठिनाई भैरहेको छ । निर्माण कम्पनीले पुल निर्माण कार्य सुरु गरेको ६ वर्ष बितिसक्दा पनि हालसम्म एक साईडको पिल्लरको काम समेत पुर्ण रुपमा निर्माण गर्न सकेको छैन ।

ठेकेदार कम्पनीका मान्छेहरुले कहिले स्टमेट परिवर्तन गर्न लागेको त कहिले काम सुरु हुन्छ भनेर ढाँट्ने गरेको स्थानीवासीहरुको गुनासो छ । मध्यपहाडी लोकमार्गको अतिआवश्यक मोटरेवल पुल निर्धारित समयमा बनन्दा स्थानीयबासिन्दा आक्रोसित बनेका छन् । निर्माणाधिन पुल समयमा नबन्दा रुकुम, जाजरकोट, सल्यान, सुर्खेत र नेपालगन्ज आवतजावत गर्न यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

पटक पटक ठेकेदार कम्पनीले म्याद थपे पनि हाल पुल निर्माणको काम ठप्प भएको छ । पुल निर्माणको काम छिटो सक्नको लागी यस क्षेत्रका स्थानीयले सरोकारवाला निकाय संग वारम्वर आग्रह गरेका छन् । तर कुनै सुनुवाई भएको छैन । वाईबी निर्माण कम्पनी ललितपुरले ठेक्का लिएको पुल निर्माणको काम ठप्प हुदा प्रदेश राजधानी जाने यात्रुहरुले समेत ठुलो झन्झट वेहोर्दै आईरहेका छन । लोक मार्गमा निर्माणाधिन अन्य पुलको काम पनि निर्धारित समयमा हुन सकेको छैन ।

निर्माण कम्पनीले ठेक्का सम्झौता गरेअनुरुप काम नगर्दा निर्माणस्थलमा रहेका फलामे सामाग्रीमा खिया लागेको छ । पुल निर्माणको लागी ल्याईएका स्काभेटर, मिक्चर मेसिन तथा पुलका पिल्लारहरु जिर्ण बनेका छन् । मध्य पहाडी लोकमार्गअन्तर्गत जाजरकोट र रुकुम जोड्ने भेरी नदीपुल ६ वर्षसम्म निर्माण नहुनुमा ठेकेदार कम्पनीको चरम लार्पवाही भएको भन्दै सरकारले कार्वाही गर्न नसकेको नगर प्रमुख विशाल शर्मा बताउंछन् । आफनो हैसियत भन्दा माथीको विषय भएकोले आफुहरु मुकदर्शक भएर वस्नुपर्ने वाध्यता भएको उनको गुनासो छ ।

दुई लेनको ९८ मिटर लम्वाई रहेको उक्त पुल १४ करोड वरावरमा ठेक्का संझौता गरिएको थियो । देशैभरका पुल अलपत्र पार्ने ठेकेदारहरुमध्ये भेरीको पुल अलपत्र पार्ने पनि एक हुन् । यी ठेकेदार कम्पनीहरुलाई कारवाही नगरेसम्म विकास आयोजना समयमा सम्पन्न हुंदैनन् । ठकेदारलाई मैमत्त छाड्ने सरकारी कर्मचारीहरु पनि कारवाहीको उत्तिकै भागिदार बन्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

सम्बन्धित

आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने

गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिँदैछ आज बिजुली

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com