ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थिर सरकारका लागि वामगठबन्धन


sharan sharan

बुटवल, ६ मंसिर
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिएसगै दलहरुले आफनो चुनावी प्रचारप्रसारलाई तिव्र बनाएका छन् । लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच कडा प्रतिष्पधा हुने भनिएको आसन्न निर्वाचनमा आफनो पक्षमा मत पार्नका लागि बाम गठबन्धनले मुलुकका १४ स्थानमा चुनावी सभा गर्ने भएको छ । बाम गठबन्धनले बुधबार बुटवलमा चुनावी सभा गर्दै विकास र स्थिर सरकारका लागि बाम गठबन्धन नै जनताको एक मात्र पार्टी भएको दावी गरेको छ ।
बामपन्थीहरुको चुनावी तालमेललाई स्वागत गर्दै मंसिर २१ गतेलाई कुरेर बसेका रुपन्देहीबासी बुधबार बुटवलमा भएको चुनावी सभामा उत्साह र उमंगका साथ उपस्थिति जनाए । खुल्ला र फराकिलो ठाउ“को रुपमा लिइएको बुटवलको ट्राफिक चोकमा बाम गठबन्धनका हजारौ नेता, कार्यकर्ता सहभागी थिए । सहभागी देख्दा लाग्थ्यो त्यहा“ कुनै मेला लागेको छ।

तर त्यहा मेला लागेको थिएन, त्यहा“ त बाम गठबन्धनको चुनावी सभा मात्र थियो । देशभर निर्वाचनको माहोल तातिरहेका बेला बाम गठबन्धनले आफनो पक्षमा मत पार्नका लागि मुलुकका मुख्य मुख्य शहरमा चुनावी सभा गर्दै आएको छ । मुलुकका १४ स्थानमा चुनावी सभा गर्ने घोषणा गरेको बाम गठबन्धनले बुधबार रुपन्देही जिल्लाको बुटवलमा सभा गरेको हो । सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको रक्षाका लागि बाम गठबन्धनको स्थायी सरकार बन्नुपर्ने बताए । उनले अबको ५ वर्षसम्म बाम गठबन्धनको सरकार बन्ने र देशले मुहार फेर्ने उल्लेख गरे ।
२०४६ सालको आन्दोलनमा एमाले एक्लै लडेर मुलुकमा लोकतन्त्र ल्याएको दावी गर्दै कागे्रसका सभापति शेरवहादुर देउवा लण्डनको गल्लीमा लुक्न गएको आरोप लगाए । बृद्धबृद्धलाई बृद्धभत्ता दिने नीति ल्याएर बृद्धबृद्धाको सम्मान गर्ने पार्टी नै एमाले भएको दावी गर्दै ६० वर्ष माथिका वृद्धलाई गोली हानेर मार्छ भन्ने भ्रम छरेर का“गे्रसले जनतालाई त्रसित पारेको बताए ।
सभामा भएको उपस्थितिले नेता ओली निकै उत्साहित देखिएका थिए । संयुक्त सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले आसन्न निर्वाचन सामान्य नभई भविष्य निर्धारण गर्ने निर्वाचन भएकाले बाम गठबन्धनको सरकार आवश्यक रहेको बताए ।
उनले राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना गर्ने बामपन्थी नै भएको दावी गर्दै समाजवादी गणतन्त्र स्थापनाका लागि बाम गठबन्धनको विकल्प नभएको उल्लेख गरे । बामपन्थी एकतालाई रोक्ने दुष्प्रयास भइरहेको भन्दै थापालले समाजवादको अपरिहार्यताका लागि बाम एकता आवश्यक रहेको र एकतालाई कसैले रोक्न नसक्ने जिकिर गरे ।
उनले अहिलेसम्म गैरबामपन्थीहरुले शासन चलाएकाले नेपालको विकास नभएको भन्दै विकास र आर्थिक समृद्धिका लागि बामपन्थीहरुको सरकार बन्नुपर्ने उल्लेख गरे । बुटवल यसै पनि वामपन्थीहरुको बर्चश्व रहेको स्थानकारुपमा लिने गरिएको छ । बिगत दोस्रो संविधानसभामा होस् वा स्थानीयतहको निर्वाचनमा बुटवल र यस आसपासका स्थानीयतहमा वामपन्थीहरुको सफलता नै देखिएको छ । बुधबार बुटवलमा देखिएको जनउपस्थितिले पनि आसन्न निर्वाचनमा वामगठबन्धनले सजिलै बिजयी हासिल गर्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com