ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको सुखी जीवन–शहीदको मार्गदर्शन : प्रधानमन्त्री ओली


एबीसी न्यूज
माघ १६, २०७६ बिहीबार  ७ : ३८ बजे

काठमाडौं, १६ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गर्नुभएको छ ।

शहीद दिवस २०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको आत्मबलिदानमार्फत् सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको स्मरण गर्नुभएको छ ।

जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा वीर सपूतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुपरेको थियो । बलिदानको त्यही गाथालाई शहीद सप्ताहका रुपमा मनाउने गरिएको छ । सोही सङ्घर्षको भावभूमिबाट जनसङ्घर्षको ज्वार उठेर २००७ सालमा एक सय चार वर्षे लामो जहानियाँ राणा शासन अन्त्य भएको थियो ।

“शहीदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संविधानसभामार्फत् संविधान जारी गरेर जनतालाई अधिकार सम्पन्न बनाउँदै संस्थागत गरेका छौं । लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्य व्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकार प्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा भएको छ ।” प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “विगतमा अधिकार प्राप्तिका लागि राष्ट्रिय जीवनको लामो कालखण्ड व्यतीत गरेपछि अब हामी विकास र समृद्धिको अभियानमा अग्रसर छौं । विकास र समृद्धिका लागि सुदृढ अर्थतन्त्र, सबल लोकतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनको चरणमा हामी उभिएका छौं ।”

उहाँले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा प्राप्तितर्फ हामी अभिमुख छौं । राष्ट्रको यस आकाङ्क्षा प्राप्तिका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहनुपर्ने र राष्ट्रको यस संकल्पलाई पूरा गर्न तीनै वटा तहका सरकारी अंगहरु, विभिन्न पेशा, क्षेत्र, व्यवसायमा सम्बद्ध जनसमुदायलाई तालबद्धताका साथ अघि बढ्न पनि आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले समाज र राष्ट्रको हितमा निस्वार्थरुपमा सक्रिय हँुदै अघि बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने अमर शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार गठनको एक महिना नबित्दै रवि–बालेनबीचको सम्बन्धमा देखिएको ‘क्र्याक’ !

अब सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने

सम्बन्धित

कांग्रेस आधिकारिकता विवाद न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा पेसी

संसदीय समितिका सभापतिको निर्वाचन : आज मनोनयन दर्ता

इरानमा नियन्त्रणमा परेका नेपाली युवा अमृत झा मुक्त: स्वदेश फर्काउने तयारी सुरु

डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com