ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीबाट प्रस्तुत सरकारका उपलब्धिहरु


एबीसी न्यूज
माघ १५, २०७६ बुधबार  १ : ४१ बजे

काठमाडौं, १५ माघ ।  प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा केन्द्रीय कमिटीको बैठकमा सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुभएको छ । प्रस्तुत गर्नुभएको उपलब्धिहरु बुँदागतरुपमा यस्तो छ

– आयात घटेको छ भने निर्यात बढेको छ ।

– नेपालको व्यापारको विविधिकरण भएको छ । भारतबाट ६८ र अन्य बाट ३२ मात्र हुन्थ्यो अहिले बढेको छ ।

– शेयर बजारमा सकारात्मक सुधार आएको छ ।

– भुक्तानी सन्तुलन, घाटा पनि बचतमा गएको छ ।

– उत्पादन र उत्पादकत्व बढेको छ । कृषिमा ५ प्रतिशत, औद्योगिक उत्पादनमा बृद्धि भएको छ ।

– काठको आयातका कमी आएको छ ।

– फलाम कम्पनीको स्थापना गरिएको छ । करिब ३० वर्षसम्म प्रतिदिन ८ सय टन उत्पादन क्षमता चीनमा गरिएको परीक्षणमा देखिएको छ ।

– दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम अघि बढेको छ ।

– पर्यटक आगमनको संख्या बढेको छ ।

– प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ लाख ८५ हजार रोजगारी सिर्जना भएको छ ।

– प्रतिदिन ५।७ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । यसअघि वर्षमा १० प्रतिशत मात्र भइरहेको थियो ।

– ३ हजार ६ सय २६ किलोमिटर सडक कालोपत्रे भएको छ । अहिले सिंगल लेन होइन डवल वा फोर लेनको सडक बनेको छ । विरोधीहरुले आफ्नै ठाउमा एउटा मात्र बनेको देख्छ, तर त्यहाँमात्र बनेको त होइन देशभर बनेको छ । ४१ वटा पुल बनेको छ । पूर्व पश्चिम राजमार्गको स्तर उन्नती गर्ने कार्य भइरहेको छ ।

– नागढुंगा शुरुङ मार्गको सुरुवात भएसँगै एउटा युगमा प्रवेश गरेका छौं ।

– आफ्नै रेल सञ्चालनको काम भइरहेको छ । चीनबाट काठमाडौं जोड्ने रेलको अध्ययन सकिएको छ ।

– नारायणी नदीमा क्रुज सञ्चालनको तयारी पूरा भइसकेको छ ।

– कूल जनसंख्याको ८८ प्रतिशतमा विद्युत पुगेको छ । प्रतिव्यक्ति विद्युत खपत बढेको छ । अहिले विद्युत उत्पादन २४५ मेगावाट पु¥याइएको छ, पहिला १४५ मात्र थियो ।

– माथिल्लो त्रिशुली थ्री ए सरकारले विशेष पहल गरेर सम्पन्न गरेको छ ।

– नेपालमा उत्पादिन विद्युत भारत र वंगालादेशमा विस्तार गर्न सहयोग पुग्ने गरी भारतसँग सम्झौता गरिएको छ ।

– नेपाल र चीनबीचमा उर्जा सम्झौता भएको छ ।

– गल्छी केरुङ प्रसारणका लागि अध्ययन भएको छ ।

– विद्युत चुहावट झारिएको छ । सिँचाइ सेवा विस्तार गरिएको छ ।

– भेरी बबइ डाइभर्सनको लागि सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।

– ४० वर्षपछि विमानस्थलको पुनर्निमाण गरिएको छ । जुनसुकै विमान उड्न बस्न सक्ने बनाइएको छ ।

– ५ वटा आन्तरिक विमानस्थलमा कालोपत्रे गरिएको छ ।

– प्रधानमन्त्री निवास, प्रदेश प्रमुखका लागि आवस र सम्पर्क कार्यालय बन्न थालेका छन् ।

– काठमाडौं उपत्यकाको फोहर मैला व्ययवस्थापन गर्न बन्चरेडाँडामा काम भइरहेको छ । जनता आवासको कार्यक्रम अन्तर्गत घरहरु बनेका छन् ।

– कलत्तामा आफ्ना कन्टेर चलाउन सक्ने भएको छ । तातोपानी नाका खुलेको छ ।

– पोखरा रंगशालामा नयाँ प्याराफिट बनेको छ ।

– मेलम्ची खानेपानीको काम सक्दै यसै आर्थिक वर्षभित्र काठमाडौं उपत्यकामा पानी झार्ने ।

– गुह्येश्वरीमा पानी प्रशोधन केन्द्र बनेको छ । तुइन विस्थापन गरिएको छ ।

– २२८ वटा स्वास्थ्य सम्बन्धी भवन बनेका छन् ।

– ४ लाख ८२ हजार निजी आवास बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com