ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दियामा प्रहरी र प्रतिबन्धित विप्लप समुह विच गोली हानाहान एक प्रहरी जवान घाइते


sharan sharan

माघ १४ बर्दिया .

बर्दियामा सरकारद्धारा प्रतिवन्धित नेकपा विप्लप समुह र प्रहरी विच दोहोर गोली हानाहानमा एक जना प्रहरी जवान गम्भिर घाइते भएका छन । बर्दियाको मध्यक्षेत्र मधुवन नगरपालिका वार्ड न ४ मौवा स्थित जंगलमा आज दिउसो भएको भिडन्तमा प्रहरी जवान गंगाराम चौधरी घाइते भएका हुन चौधरीलाई तिघ्रामा गोली लागेको र थप उपचारका लागी नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खडकाले बताए । प्रहरीले दुइ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका वार्ड न ८ दुर्गापुर बस्ने ६६ वर्षिय जनप्रतिनिधि परिषद बर्दियाका अध्यक्ष जयबहादुर ठाडा मगर र बढैयाताल गाउपालिका वार्ड न ४का ५० वर्षिय नेकपा विप्लपका जिल्ला सदस्य रोहित कुमार सुनार पक्राउ परेका हुन । पक्राउ परेकाको साथबाट कटुवा पेस्तोल एउटा र त्यसमा लाग्ने ३ राउन्ड गोली लगायत २ वटा मोटरसाइकिल र केहि दस्तावेज समेत बरामद गरिएको प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खडकाले बताउनु भयो । प्रहरीका अनुसार मधुवन नगर पालिका वार्ड न ४ मौवा स्थित जंगलमा रहेको एनसेलको टाउरमा आक्रमण गर्ने उदेश्यले ४ जनाको समुहका विप्लपका कार्यकर्ता आएको सुचना पाएपछि उक्त स्थानम जादै गर्दा प्रहरी र विप्लपका कार्यकर्ता विच केहि बेर भनाभन भएपछि प्रहरीको बन्दुक खोस्ने क्रममा बन्दुक पडकिदा प्रहरी जवान लाई गोली लागेको हो । उनलाई बर्दियाको गुलरियामा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज लगिएको छ । गोली चले लगत्तै विप्लप समुहका दुइ जना फरार भएको र दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । घटनास्थल नेपाल भारत सीमा नजिकै पर्दछ । अहिले त्यस क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com