जनकपुरधाम, १४ माघ । प्रदेश २ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाले राज्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
प्रदेश सरकारमा राजपाबाट राज्यमन्त्रीको हैसियतमा सहभागी झाले मंगलबार राजीनामा दिनुभएको हो । उहाले मंगलबार दिउँसो एक पत्र सार्वजनिक गर्दै राजीनामा गरेको जानकारी गराउनु भएको छ । पत्रमा लेखिएको छ, प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदिय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु ।
प्रतिक्रिया दिनुहोस्