काठमाण्डौ, ६ मंसिर । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पांच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)को सरुवा गरेको छ ।
चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको हो । भदौ १४ गते भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै फेरि सरुवा हुनुभएको छ । त्यस्तै गत साउन ३२ गते रसुवाको सीडीओ भएर गएकी हीरादेवी पौडेलको पनि सरुवा भएको छ । सोलखुम्बुमा भूपेन्द्र खत्रीको ठाउ“मा सूर्य खनाल, भोजपुरमा चेतराज बरालको ठाउमा फणीन्द्र दाहाल, रसुवामा हरिदेवी पौडेलको ठाउ“मा चोमेन्द्र न्यौपाने र नुवाकोटामा जगदीशराज बरालको स्थानमा वीरेन्द्रकुमार यादवलाई खटाइएको छ ।







प्रतिक्रिया दिनुहोस्