ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रामिण क्षेत्रका छोटी भंसारहरु संचालन नहुदा,सरकारलाई करोडौ राजस्व घाटा


एबीसी न्यूज
माघ ८, २०७६ बुधबार  ४ : २१ बजे

सिरहा, ८ माघ  । सिरहाको ग्रामिण क्षेत्रका दुईवटा छोटी भंसारहरु संचालन नहुँदा सर्वसधारण र व्यापारीहरुलाई सास्ती बनेका छन भने नेपाल सरकारलाई करोडौ राजस्व घाटा भईरहेको छ।

सदरमुकाम बाहिर रहेका छोटी भंसार झाझपट्टि , ब्रहरिमा रहेको भंसार संचालनमा नरहेकोले भारतिय बजारबाट मालसमान नेपाल लयाउने र नेपालबाट भारत तर्फ लगने समानहरुको भंसार हुन नसकदा व्यापारीहरुलाई समस्या भईरहेको देखिएको छ। छोटी भंसारहरुमा द्वन्द्वकाल पहिला किरण समान, कपडाहरुको भंसार हुदा एउटा छोटी भंसारमा ७० लाख देखी १ करोड सम्म राजस्व उठने गरिरहेको थियोे ।

माछा र खद्यानहरुबाट करोडौको राजस्व उठने गरिरहेको थियो तर द्वन्द्वकालमा बन्द भएपछि हाल सम्म छोटि भन्सार संचालनमा आएको छैन । दुबै ठाउँको भंसार मध्य झाझपट्टि भन्सारमा करोडौको लगानी गरि नव निर्मित भंंसार भवन बनाएको छ तर द्वन्द्वकालमा बन्द भए पछी हाल सम्म भंसार संचालनमा नहुदा सेवा लिने सर्वसधारण र ब्यपारीहरु समस्या परेका छन। यसको समबन्ध मा नबराजपुर गाउँपालिका वार्ड नं ५ झाझपट्टि बजारका स्थानीय ब्यापारी विवेक यादव का अनुसार छोटी भन्सार संचालन नहुँदा सर्वसाधारण र ब्यापारीलाई दोहोरो खर्च गरी माडर , ठाडिसम्म धाउनु पर्ने बाध्यता रहेका छन। नेपाल सरकारले छोटी भन्सार कार्यालय प्रयोगमा ल्याएपछी सर्वसाधारण र ब्यापारी लाई सहज हुने गर्थियो तर अहिले माडर – ठाडिसम्म धाउन बाध्य रहेका छन् ।

सरकारले सिरहाको झाझपट्टिमा छोटी भन्सारको रुपमा कार्यालय स्थापना गरेको भएतापनि द्वन्द्वकालमा बन्द भए पछी हाल सम्म कुनै काम भईरहेको छैन। भारतसंग व्यापारीक मात्र नभई पारिवारीक सम्वन्ध समेत रहेकोले सिमाक्षेत्रका स्थानियलाई बिहारबाट सामान ल्याउन र भारतीय सवारी नेपाल भित्रीयाउन निकै कठिनाई भएको छ। सर्बसाधारण मात्र होइन छोटी भन्सार संचालन नहुँदा ब्यापारीलाई समेतमार परेको बिबेक यादवले जनाएका छन।

माडर नाकाबाट सामान ल्याउन नदिने र बैधानिक तरिकाबाट लहान बाट हुलाकी सडक हुँदै सामान ल्याउँदा पनि प्रशासनले बिना कारण दुःख दिने गरिरहेको छ। छोटी भंसारहरु बाट सहज रुपमा भंसार गर्न बताबरन बनाई दिन ब्यपारीहरुको अाग्रह रहेका छन । नबराजपुर गाउँपालिका अध्यक्ष बिश्वमोहन प्रसाद यादवले बारम्बर माथिल्लो निकायमा ताकेता गर्दा समेत छोटी भन्सार प्रयोगमा नआएकोले सर्वसाधारणलाई समस्या भईरहेको बताएका छन । छोटी भंसार संचालन मा ल्याउन र सहज रुपमा समानहरु को भंसार र सवारी साधन हरु को एन्ट्री गर्न को लागी जिल्ला प्रसाशन, माडर भंसार र समबनधित निकाय सम्म पहल गरेको छु अध्यक्ष यादवले जनाएका छन।

छोटी भंसार संचालन नअाएको कारण प्रशासनहरुको जादती बढेको अाफनो मनोपरि हिसाब ले काम गरिरहेको ले गर्दा ब्यपारीहरुलाई समस्या भईरहेको छ। निर्वाचित भएदेखि नै जनताको समस्या देखिरहेको र माडर नाका हुँदै सामान झाझपट्टि लैजान खर्चिलो भएको हुँदा छोटी भन्सार प्रयोगमा ल्याउन जरुरी रहेको गापा अध्यक्ष बिश्व मोहन यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

सम्बन्धित

आज दुई प्रदेशमा वर्षाको सम्भावना

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com