ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समोआमा दादुराको माहामारीबाट ८२ जनाको ज्यान गयो


admin

समोआ,३ माघ । दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित एक सानो देश समोआमा दादुराको प्रकोप कम नभएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

करिब दुई लाखमात्र जनसङ्ख्या रहेको यो सानो मुलुकमा केही दिनअघि देखि दादुराको प्रकोप बढेको र यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएको बताइएको थियो । यस देशमा अहिलेसम्म कम्तीमा पनि पाँच हजार ८०० दादुराका बिरामीले विभिन्न अस्पतालमा उपचार गराएका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका प्राप्त पछिल्लो समाचारमा जनाइएको हो ।

यस सानो मुलुकमा दादुराको प्रकोप बढ्दै जाँदा यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या ८२ पुगेको समोआली सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका समाचारमा जनाइएको छ । समोआली स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्म ८२ जनाको ज्यान गएको र अझै एक हजार भन्दा बढी उपचारार्थ रहेका छन् ।दादुराको प्रकोपका कारण मृत्यु भएकाको संख्या अझै बढ्नसक्ने अधिकारीहरुको भनाई छ । सयौँ विरामी निकै गम्भीर अवस्थामा उपचार गराइरहेका बताइएको छ ।

दादुरा नियन्त्रणका लागि सरकारले यहाँका ९० प्रतिशत नागरिकलाई दादुराविरूद्धको खोप लगाइरहेका छन् ।पछिल्ला केही दिनयता दादुराका कारण मृत्यु हुनेको संख्या बढ्दो रहेको समाचारहरु आएका ती अधिकरीको भनाई छ ।समोआली सरकारले गत अक्टोबर १६ मा दादुराको प्रकोप देखिएको सार्वजनिक जानकारी गराउदै नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको थियो ।दादुरा हवाका माध्यमबाट सजिलै सर्ने एक प्रकारको सरूवा रोग हो । यसको प्रकोपलाई खतरापूर्ण रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com