ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने


एबीसी न्यूज


काठमाडौं, १ माघ । माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन, तादी गाउँपालिका–४ सातबिसेमा दश, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा पाँच हल गोरु आज जुधाउन लागिएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल गोरु जुधाउन लागिएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ । तारुकामा आयोजित गोरु जुधाइको व्यवस्थापन ‘माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ ले गरेको छ । संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीको अनुसार गोरु जुधाइको सबै तयारी पुरा भएको छ । चन्दनीमा २१ हल गोरु जुधाउन लागिएको हो । गोरु जुधाइ तथा विभिन्न सांस्कृतिक कार्यक्रममा यसपटक नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालालगायत सहभागी हुने कार्यक्रम छ ।

गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीको अनुसार तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर सङ्क्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाइन्छ ।

विसं २०६२ देखि स्थानीयवासीले हरेक वर्ष आलोपालो रुपमा समिति बनाएर माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थामार्फत व्यवस्थित रुपमा गोरु जुधाउन लागिएको हो । यसैगरी, गोसाइकुण्ड युवा क्लबको आयोजनमा बेत्रावतीमा ११ हल गोरु जुधाउन लागिएको छ । आयोजक क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलका अनुसार वेत्रावतीमा जुधाइने गोरु जात्राको मेला अवलोकन गर्न प्रतिनिधिसभाको उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलगायत सहभागी हुने कार्यक्रम छ ।

नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विंस १८४९ मा बेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धि पश्चात् नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा सामरिक महत्व कायम राख्न स्थानीयको पहलमा जोरु जुधाइलाई निरन्तरता दिएको गोसाइकुण्डका क्लबका सल्लाहकार अष्टमान डङ्गोलले बताउनुभयो । उहाँको अनुसार विसं २०६७ देखि गोसाइकुण्ड युवा क्लबको पहलमा गोरु जुधाइ जात्रालाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको हो ।

मकर सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तारुका, बेत्रावतीमा जुधाइने जात्राको अनुशरण गदैै जिल्लाको अन्य स्थानमा पनि गोरु जुधाइ प्रतिस्पर्धा पछिल्लो समयमा मौलाउँदै गएको छ । लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछापमा नेपाल मगर सङ्घको आयोजनमा तीन हल गोरु दर्ता भएको र आज पनि दर्ता भएका गोरुलाई प्रतिस्पर्धामा समावेश गरिने जात्रा व्यवस्थापन समितिका संयोजक एंव गाउँपालिकाको उपाध्यक्ष रोजिना राईले जानकारी दिनुभयो । गोरु जुधाइसहित विभिन्न सांस्कृतिक कार्यक्रम तथा मगर समुदायको प्रचलित घाटु नाँचलगायत प्रदर्शनी सञ्चालन गर्न लागिएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ स्थित पिपलडाँडामा मकर सङ्क्रान्ति पर्वको अवसरमा नवप्रतिभा युवा क्लबको आयोजनामा आठ हल गोरु जुधाउन लागिएको अध्यक्ष शिवहरी विष्टले जानकारी दिनुभयो । उहाँको अनुसार गोरु जुधाइको अवलोकलनको लागि पूर्वअर्थमन्त्री एंव काँग्रेस नेता डा रामशरण महतलगायत सहभागिता रहने कार्यक्रम छ ।

यस्तै, शिवपुरी गाउँपालिका–५ गैरीफाँटमा यस वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाइ मेला चलाउन लागिएको आयोजक शेराबगर विकास समाजले जनाएको छ । संस्थाका अध्यक्ष अभियान आचार्यको अनुसार माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजना गरिएको गोरु जुधाइको लागि पाँच हल गोरु दर्ता भएको र आज पनि दर्ता भएका गोरुलाई प्रतिस्पर्धामा सहभागी गराउन लागिएको छ । गोरु जुधाइसहित स्थानीय तथा राष्ट्रियस्तरका कलाकारमार्फत विभिन्न सांस्कृतिक कार्यक्रम गर्न लागिएको छ ।

यसैगरी, तादी गाउँपालिका–४ सातविसेमा दश हल गोरु जुधाउन लागिएको छ । ‘माघे सङ्क्रान्ति गोरु जुधाइ तथा विविध सांस्कृतिक कार्यक्रम’ मूल समारोह समितिका अध्यक्ष हरिबहादुर तामाङको अनुसार जुधाउनको लागी १० हल गोरु दर्ता भएका छन् ।

यस्तै, नुवाकोटको तारुकासँगै जोडिएको धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा यस वर्ष सात हल गोरु जुधाउन दर्ता भएका छन् । आयोजक ‘चमेरे गुफा संरक्षण समाज’ का सचिव रोशन श्रेष्ठको अनुसार छैठौँ गोरु जुधाइ मेला विभिन्न विभिन्न कलाकारमार्फत हाँस्य प्रस्तुति विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएको छ । फ्याक्सेमा जुधाइने गोरुको तीन समूहमा वर्गिकरण गरिएको संस्थाका अध्यक्ष प्रितम श्रेष्ठले जानकारी दिनुभयो ।

पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ को लामाचउरलगायत स्थानमा किसानले आफूले पालेको गोरु जुधाइ प्रदर्शनी गरेर मनोरञ्जन लिने परम्परलाई यो वर्ष पनि निरन्तरता दिन लागिरहेका छन् । ‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमा गरेर आयोजकले किसानलाई प्रतिस्पर्धामा ल्याउन उत्साहित बनाउँदै आएको छ । पछिल्लो समयमा गोरु पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको सङ्ख्या वृद्धि हँुदै गएकाले यसलाई मनोरञ्जनको लागि मात्र नभई पर्यटन प्रवद्र्धन तथा स्थानीय संस्कृतिको रुपमा प्रचारमा जोड दिनुपर्ने जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङ बताउनुहुन्छ ।

वर्षभरी खेती गर्न गोरु पाल्न छाडेका किसानले मकर सङ्क्रान्तिमा प्रतिस्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरुलाई जुधाउन सहभागी गराउँदै आएका किसानको लागि राज्यले अनुदान तथा सहयोगको विशेष कार्यक्रम चलाउनुपर्ने उहाँको सुझाव छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com