बुटवल,२९ पुस ।
प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक पर्वहरूले नैं समाजलाई एकताबद्ध गराई आर्थिक समृद्धिको दिशामा अगाडि बढन सहयोग पुग्ने बताउनुभएको छ ।
माघी पर्वको अवसरमा मंगलबार मुख्यमन्त्री निवास बुटवलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सामाजिक सदभाव र एकताले समाजलाई समृद्धिको दिशामा लैजाने बताउनुभयो ।
उहाले प्रदेश ५ विभिन्न जातजाति भाषाभाषी भएको प्रदेश भएको बताउंदै यहाँका सबै जातजातिले मनाउने पर्वहरू उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । सिंगो राष्ट्रको एजेण्डा विकास र समृद्धिलाई पर्व उत्सवहरूले सहयोगी बन्ने मुख्यमन्त्रीको भनाई छ ।
प्रदेश पाँचमा विशेष महत्वका साथ मनाइने माघी पर्वलाई सबै समुदायले महत्व दिएको बताउंदै मुख्यमन्त्री पोखरेलले यो सदभावलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो । माघी पर्वको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो । माघ १ र २ गते सार्वजनिक बिदा दिएको छ । माघी पर्व मगर र थारु समुदायले विशेष महत्वका साथ मनाउँछन ।
प्रतिक्रिया दिनुहोस्