ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार डुम्रे ज्ञवालीको शिरमा ‘नृत्याङ्गना मम्मी’ को ताज


sharan sharan

बुटवल । बुटवलमा सम्पन्न औद्योगिक ब्यापार मेलामा द्धितीय मम्मी डान्सर बनेकी पत्रकार कल्पना डुम्रे ज्ञवाली सैनामैना पुगेर प्रथम मम्मी डान्सर बन्न सफल भएकी छिन् । रुपन्देहीको सैनामैनामा आयोजित मम्मी डान्स प्रतियोगितामा प्रथम भएर डुम्रे ज्ञवालीले प्रथम मम्मी डान्सरको ताज पहिरिएकी हुन् ।
चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाइ पछि पार्दै बुटवलकी टेलिभिजन पत्रकार कल्पना प्रथम भएकी हुन् । उनलाइ ताज,नगद २० हजार रुपै‌ंया, प्रमाणपत्र सहित सम्मानपत्र प्रदान गरिएको छ ।
सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री,नेपाली कंँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिब दिपक अधिकारी लगायतले उनलाई बिजयीताको ताज सहित पुरस्कृत गरेका थिए । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतिय भएका थिए ।
उनीहरुले क्रमश नगद १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १७ सहभागि मध्येबाट पहिलो दिनको नाचबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए ।
डुम्रे यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा द्वितीय भएकी थिइन् ।
मम्मी नृत्याङ्ना डुम्रे ज्ञवाली स्थानीय टेलिभिजन बुद्ध टेलिभिजनकी समाचार बाचिका तथा रेडीयो जागरणमा कार्यक्रम संचालिकाकारुपमा कार्यरत छिन् ।
बुटवल र यस आसपासमा आयोजना गरिने मेला महोत्सवहरुमा दर्शकलाई आकर्षण प्रदान गर्न बिबिध प्रकारका सांगितीक कार्यक्रम समावेश गर्ने गरिएको छ । अघिल्लो वर्ष देखि सुरु भएको मम्मी डान्स प्रतियोगिताको सृङ्खला यस वर्ष रत्यौली प्रतियोगिता थप गरिएको थियो ।
सैनामैनामा जारी मेलामा २ सय २० स्टल रहेको र करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने तथा ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका महासचिब दिपक अधिकारीले जानकारी दिएका छन् ।
आयोजकका अनुसार ‘राष्ट्रिय आर्थिक विकासका राष्ट्रिय आधार, कृषि पर्यटन उद्योग र व्यापार भन्ने’ भन्ने मुल नाराका साथ संचालन भएको महोत्सव माघ ६ गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com