ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार बम विष्फोट, सुरक्षा ब्यवस्था कमजोर


sharan sharan

काठमाण्डौ ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिंदै जांदा उम्मेदवारलाई लक्षित गरेर शृंखलाबद्ध बम आक्रमणको घटना बढेको छ । उम्मेदवालाई केन्द्रित गरेर आक्रमण बढेपछि निर्वाचन सुरक्षा व्यवस्थाप्रति प्रश्न चिन्ह खडा भएको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारका लागि निर्वाचन अभियानमा हिंडेका उम्मेदवारहरुलाई लक्षित गरी पछिल्लो साता बम विस्फोट भइरहेका छन् । बम विष्फोटसंगै निर्वाचन प्रचार प्रसारमा लागेका उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता र मतदाता समेत त्रसित भएका छन । शनिबार पनि विभिन्न स्थानमा बम विष्फोट भएको छ ।

नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुंको नेपालडांडामा प्रेसर कुकुर बम प्रहार भएको छ । बम प्रहारबाट पौडेल सवार गाडीको सिसा फुटेको छ । पहाडसंगै तराईमा समेत बम आंतक सुरु भएको छ । रौतहटको चन्द्रानिगाहपुर नगरपालिका–५ राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट भएको हो । विस्फोटमा ८ जना घाइते भएका छन् । पाथिभाराको सुनकोशीमा समेत बम विस्फोट भएको छ । शुक्रबार नुवाकोटबाट प्रतिनिसभाका उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतमाथि पनि युद्धकालकै घटनाजस्तै बम विस्फोट गराइको छ । घटनामा पांच जना घाइते भएका थिए । रोल्पामा वर्षमान पुनमाथि लक्षित गरेर ३ पटक बम विस्फोट गराइएको छ । माओवादी केन्द्रका नेता एवम् गोरखाका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्र दाङबाट प्रतिनिधिसभा उम्मेवार कृष्णबहादुर महरा, रुकुमबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका नेता जनार्दन शर्मा र पुर्व सभामुख ओनसरी घर्तिमाथि लक्षित गरेर आक्रमण भइसकेको छ ।

यस्तै भोजपुरबाट प्रदेशसभाका लागि उम्मेदवार बनेका एमाले नेता शेरधन राईलाई लक्षित गरेर बम प्रहार भएको थियो । यसरी उम्मेदवारको ज्यानै दिने उद्देश्यले शृंखलाबद्ध रूपमा बम विस्फोटको घटना भइरहंदा सरकार र सुरक्षा निकाय भने गम्भीर हुन सकेका छैनन् । यसरी निर्वाचनलाई असर गर्नेगरी शृङ्खलाबद्ध बम विष्फोट हुंदा आम मानिसमा समेत त्रास बढेको छ । बम विस्फोटका घटना बढ्दै गएपछि चुनावीसभामा जाने नेता तथा कार्यकर्ता पनि सशंकित भएका छन । सर्वसाधारण त्रसित बनाउने गरी विष्फोट गरिएको बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले राखेको अनुमान गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन विथोल्ने षडयन्त्र भइरहेको आरोपसमेत लगाएका छन् । अध्यक्ष ओलीले निर्वाचनविरोधी गतिविधिलाई तत्काल नियन्त्रण गरी शान्ति, सुरक्षाको व्यवस्था सुदृढ बनाउन सरकारसँग माग गरेका छन् । ओलीले निर्वाचन अभियानमा जुटिरहेका बेला उम्मेदवारहरुमाथि निरन्तर आक्रमण प्रयास भईरहँदा समेत सरकारले नियन्त्रणका लागि उचित कदम चाल्न नसकेको भन्दै आपत्ति जनाए ।
अध्यक्ष ओलीले सरकारसँग निर्वाचन विरोधी गतिविधिमा संलग्नहरुलाई तत्काल नियन्त्रणमा लिई कडा कार्वाही गर्न पनि माग गरेका छन् । निर्वाचन भयमुक्त वातावरणमा हुनुपर्दछ । उम्मेदवार र मतदाताले सुरक्षित महशुस गर्न सक्ने वातावरण बनाउने काम सरकारको हो । तर, अहिले त्यसो हुन सकेको छैन । त्यसैले सरकारले तत्काल सुरक्षा व्यवस्था मिलाउनु जरुरी देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com