ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० हजार घरभाडा बुझेर ५ हजारको बिवरण बुझाउंछन् : नगर प्रमुख घिमीरे


sharan sharan

बुटवल, २० पुस ।
स्थानीय सरकारको कार्यान्वयनमा नेपालमै पहिलो स्थानीय कानुन बनाउने नगर बन्न सफल रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यकालको मध्यावधि समिक्षा गरेको छ । आज नगरपालिकाले पत्रकार सम्मेलन गर्दै आफ्नो मध्यावधि समिक्षा सार्वजानिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमीरेले २ दशक जन प्रतिनिधी बिहीन स्थानीय तहमा आफुहरु निर्वाचित भएपछि नगरबासीको परिवर्तन पछिको तिब्र चाहनालाई पुरा गर्न सकेको दाबी गर्नुभयो । उहांले स्थानीय कानुन बनाउने पहिलो नगर तिलोत्तमा भएको बताउंदै स्थानीय सरकारको कामलाई पारदर्शी बनाउन ५० बढी कानुनको तर्जुमा गरिसकेको जानकारी दिनुभयो ।
नगरपालिकाले सार्वजानीक गरेको समीक्षामा शिक्षा क्षेत्रमा नगरका सबै सामुदायी बिद्यालयहरुमा १ देखि ५ कक्षा सम्म्का बिद्यार्थीलाई खाजाको ब्यवस्था , सबै बिद्यालयहरुको समान रङ्ग, शिक्षक अनुदान, सवारी सधानमा अनुदान , छात्राहरुलाई निशुल्क सेनटरी प्याडको ब्यवस्था गरेको उल्लेख गरेको छ । नगरपालिकाले भौतीक पुर्वाधारमा जेष्ठनागरिक मिलन केन्द्र, बनबाटिकामा भ्यु टावर, ३६ कलिोमिटर सडक कालोपत्रे, १ सय ४६ किलोमिटर सडकमा ग्राभेल तथा १२ सय ७० बिद्युतको नयां पोल बितरण गरेको जनाएको छ । स्वास्थ्य क्षेत्रमा सुत्केरीलाई अस्पताल सम्म पुग्न निशुल्क एम्बुलेन्स, सबै स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला स्थापना भएको तथा कृषि क्षेत्रमा एक घर एक करेसाबारीको अवधारणा संचालन गरिएको समिक्षा प्रतिबेदनमा लेखिएको छ । कृषिमा वडाहरुलाई पकेट जोनकारुपमा बिकास गरि अनुदान बितरण गरि उत्पादन बढाउने निती नगरपालिकाले लिएको छ ।
पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिंदै नगर प्रमुख घिमीरेले नगरमा झुटो बिबरण दिएर घरभाडा कर बुझाईएको बताउनु भयो । ५० हजार घरभाडा बुझ्ने घरधनीले ३ देखि ५ हजार घरभाडा बुझेको बिवरण बुझाएर कर तिर्ने गरेको प्रमुख घिमीरेको आरोप छ । उहांले नगरमा घरभाडालाई ब्यवस्थित बनाउन नसकिएको स्विकार गर्दै आगामी दिनमा ब्यवस्थित गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नगरपालीकाले प्रदेशको राजधानीलाई मध्यनजर गर्दै तिलोत्तमामा अन्तरराष्ट्रिय स्तरको बस टर्मिनल तथा औद्योगिक ग्रामको योजनालाई अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com