ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र प्रचण्ड झापामा, पूर्वी नेपालमा चुनावी माहोल तातियो[फोटो फिचर]


sharan sharan

झापा, २ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजबाट पुर्वि नेपालको चुनावी दौडाहा सुरु गर्नु भएको छ । आज पुर्वको झापाका बिभीन्न सभाहरुलाई सम्बोधन गर्दै उहांहरुले अव नेपालमा कम्युनिष्ट सरकार बन्नबाट कसैले रोक्न नसक्ने बिचार ब्यक्त गर्नुभएको छ । अध्यक्ष द्धयले देशमा कम्युनिष्ट एकता भईसकेको भन्दै औपचारीक घोषणा निर्वाचन पछि गरिने बताउनुभयो । वामपन्ंथी सरकार बहुमतका सरकार हुन बाट कसैले रोक्न नसक्ने उहांहरुको भनाई छ ।
अध्यक्ष ओलीले झापाको दमकमा चुनावी आम सभालाई सम्वोधन गदै देश हाक्दै कसैले हल्लाउन नसक्ने पार्टी निर्माणको लागी महान अभियानमा लागेको जिकीर गर्नुभयो । उहांले जनताका समस्या समाधान गर्नसक्ने वामपन्थिको बहुमतको सरकार हुने र सरकार गठनमा कसैले रोक्न नसक्ने बताउनु भयो । ओलीले कांग्रेसका नेताहरुले बामपन्थीको सरकार बने देशमा अधिनायकबाद आउने कुरा गर्नु र जताततै बम बिस्फोट हुनु संयोग मात्र नभएको समेत आरोप लगाउनु भयो ।कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकता विगतमा जस्तो नभएको र आकस्मिक रूपमा पनि नआएको स्पष्ट पार्नु भयो ।

उहांले मुलुकलाई ७० वर्षदेखिको राजनैतिक अस्थिरताको भुमरीबाट निकाल्दै देशलाई समृद्धि र समाजवादतर्फ जान अघि बढन् कम्युनिस्ट एकताको लागी आफुहरुले जोखिम मोलेकको बताउनु भयो ।अध्यक्ष प्रचण्डले बामशक्तिले जित्दा अधिनायकवाद र कंग्रेसले जित्दा लोकतन्त्र हुने भन्ने कुरा राजनीतिक भ्रम मात्र भएको दावी गर्नुभयो । चुनाउ रोक्न अनेक षड्यन्त्र भएकोले यसलाई चिर्न गठबन्धन तयार भएको उदघोष गर्नुभयो । चुनावको माहोल ह्वात्तै बढेको छ, जनता सडकमा आइसकेको बताउदै जनताले सही निर्णय मतबाट गर्ने भएकोले केही शक्ति अत्तालिएको बताउनु भयो । साथै प्रचण्डले बिर्तामोडमा आयोजित स्वास्थ्य महोत्सवको पनि उदघाटन समेत गर्नुभएको थियो ।

 उहांले कम्युनिष्टहरुबीच एकिकरण गर्दै स्थिर सरकार बनाउने र समृद्धिको यात्रा तय गर्ने बताउनु भयो । केपी वलीले पन्चायतको विरुद्धमा संघर्ष गरेको चर्चा गर्दै, जनयुद्धले सामन्ती राजतन्त्र ढलेर गणतन्त्र आएको जिकिर गर्नुभयो । अध्यक्ष द्धय ओली र प्रचण्डले बिर्तामोडमा आयोजित स्वास्थ्य महोत्सवको पनि उदघाटन समेत गर्नुभएको थियो ।
अध्यक्ष ओली र प्रचण्डले आईतबार काकडभित्ता र बिराटचोकको चुनावी सभालाई सम्बोधन गर्नुहुने वामगठबन्धनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com