ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानले कार नचढ्दा सम्म पैचोले बिश्राम नलिने


sharan sharan

बुटवल, १६ पौष । बसे पनि शहर गांउ कै खाने रहर भन्ने मुल नारा लिएर पहाड र उच्च पहाडका कृषि उपजहरुको बजारीकरण गरिरहेको पैचो पसलले आफ्नौ ५ औ बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ ।
बार्षिक उत्सवको अवसरमा गुल्मीको बलेटक्सारमा आयोजित कार्यक्रममा उत्कृष्ठ कृषि उत्पादन गर्ने किसानहरुलाई सम्मान गर्नुका साथै आफ्नो भाबी कार्ययोजनाहरु सार्वजनीक गरेको छ । पैचोसंग कारोबार गर्ने किसानहरु मध्यबाट गुल्मीका रामकृष्ण कंडेललाई सर्बोकृष्ट किसानकारुपमा सम्मान गरिएको थियो । पैचोले कृषि उत्पादनमा उच्च योगदान गर्ने बिभिन्न गांउपालिकाबाट समेत उत्कृष्ठ किसानको सम्मान गरेको थियो । पुरस्कार पाउनेहरुमा रुरु गांउपालिका १ का महेन्द्र जङ्ग राना, छत्रकोट गांउ पालिकाबाट भुवन खराल, तानसेन नगरापालिका १४ बाट सिता पाण्डे, धुर्कोट गांउपालिकाबाट नारायण प्रसाद भण्डारी तथा पाणीनी गांउपालिका अर्घाखांचीबाट रामप्रसाद भट्टराई रहेकाछन् । कार्यक्रममा पैचोका आन्तरिक उत्कृष्ठ कर्मचारीहरुलाई समेत नगद सहित पुरस्कार प्रदान गरिएको थियो ।
सम्मानीत कृषक तथा कर्मचारीहरुलाई प्रदेश ५ सरकारका भूमि, ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल र प्रदेशसभामा गुल्मीका सभासद कमल श्रेष्ठले प्रमाणपत्र र पुरस्कार बितरण गर्नुभएको थियो ।

बार्षिक उत्सव समारोहमा बोल्दै कृषि मन्त्री पौडेलले मुलुकको समृद्दिको आधार नै कृषि भएकाले कृषि पेशालाई राज्यले बिशेष महत्व दिएको बताउनुभयो । प्रदेश सरकारले स्थानीय सरकारहरुको समेत सहभागितामा ब्यवसायीक कृषि निती तयार गर्दै गरेको जानकारी गराउंदै केहि वर्ष मा कृषिमा परिवर्तनको अनुभुती गर्न सकिने अपेक्षा गर्नुभयो ।
प्रदेशसभा सदस्य कमल श्रेष्ठले पैचोले कृषकहरुको लागि ठूलो योगदान गरेको बताउंदै राज्यले पैचोलाई संगै लिएर हिंड्नुपर्ने बताउनु भयो ।
पुर्व संबिधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले बिदेशमा पलायन भएका युवाहरुलाई पैचो मोडलको माध्यमबाट फर्काउन सकिने बताउनु भयो । ग्रामिण खानपान छाडेर अधुनीक खानाले गांउको उत्पादन बिस्थापन भएको चर्चा गर्दै भण्डारीले फेरी बिस्तारै परम्परागत र ग्रामिण खानाको महत्व बढ्दै गएको बताउनु भयो ।
पैचो पसलका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले ग्रामिण क्षेत्रका किसानलाई कार चढ्ने हैसियत नबनाउंदा सम्म पैचोले बिश्राम नलिने बताउनु भयो ।
पैचो पसलले पहाडी र उच्च पहाडी कृषि उत्पादनहरुलाई कच्चा पदार्थकारुपमा उपयोग गर्दै ४० बढी अन्ततरराष्ट्रिय गुणस्तरका खाद्य उत्पादन गर्दै आएको छ । पैचोका अनुसार अहिले नेपालको प्रदेश नम्बर १ बाहेक सबै स्थानीय बजारमा पैचो उत्पादन उपलब्ध रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com