ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल क्षेत्रको समग्र विकासका लागि राज्यको नीतिमा सुधारको खांचो ( भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १३  पुस ।  गएको मंसिर अन्तिममा १३ औं सागको धुमधामसंग सम्पन्न गरिएको छ । दक्षिण एशियाली खेलकुद साग आयोजनामा सरकार लगभग सफल देखिएको छ । विगतमा भन्दा १३ संस्करणमा सरकार एक कदम अघि देखिएको हो । साग जितेर ढुक्क हुने अवस्था छैन । खेलसम्वद्ध धेरै संस्था वर्षाै अघि स्थापना भएपनि खेल क्षेत्रमा धेरै सुधारको खांचो छ ।

मुलुकको खेल क्षेत्रको संस्थागत तथा व्यवसायीक विकास गर्न भन्दै राष्ट्रिय खेलकुद परिषद्र(राखेप) को स्थापना वि.स. २०१७ मा भयो । वि.स. २०१५ सालमा स्थापित राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्को नाम परिवर्तन गरि राष्ट्रिय खेलकुद परिषद् राखिएको हो । तर नेपालमा राखेपको गठन हुनुभन्दा अगाडिदेखिनै क्रिकेट, ब्याडमिन्टन, टेबुलटेनिस, फुटबल, हकी तथा टेनिस जस्ता खेलकुदहरूको संघको गठन भएका हुन् ।। नेपालमा खेलहरू प्रति राणाकालीन प्रभाव निकै लोकप्रिय रहेको थियो । उपत्यका भित्र देखा परेको खेलकुदको लोकप्रियता दृष्टिगत गरेर वि.स. २०१५ सालमा तत्कालीन शिक्षा मन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद् गठन गरिएको इतिहास छ । खेलकुद क्षेत्रमा ठूलो सम्भावना रहेपनि राज्यबाट खासै ध्यान नदिएको खेलाडीहरुको जिकिर छ ।

खेलकुदको विकासका लागि सबैभन्दा महत्वपुण भनेकै बजेट हो । खेलकुदको विषयमा सरकारको दृष्टिकोण नै स्पष्ट देखिदैन । खेलकुदलाई जसरी प्राथमिकतामा राख्नुपर्ने हो त्यो भएको छैन । खेलकुद पनि उत्पादक क्षेत्र नै हो भन्ने बुझाई बुझन सकेको छैन सरकारले । खेलकुदमा छुट्याइएको बजेट पनि लगानी नै हो भनेर बुझ्न आवश्यक छ । खेलकुद राष्ट्रिय एकताको विषय हो, राष्ट्रको सम्मान, गौरव बढाउने विषय हो, खेलक्षेत्रले पर्यटन ठुलो भुमिका खेलेको हुन्छ । सरकारले भ्रमण बर्ष २०२०को तयारी तिव्र पारे संगै २० लाख पयटक नेपाल भित्र्याउने लक्ष लिएकोमा त्यसको केहि हिस्सा खेल पर्यटनको रहने निश्चित छ । प्याराग्लाइडीङ,बन्जी,भाउन्टेन कलइम, पौडी, साइक्लीङ लगायत विदेशी पर्यटकको रोजाइमा पर्छन् । तर राज्यबाट यसको प्रर्वद्धनमा राज्यको आँखा पुग्न सकेके छैन । तर सरकारले राम्रो नीति र बजेटको व्यवस्था गर्ने हो भने आगामी १० वर्षमा खेलकुदले नेपाललाई स्थापित गर्न सकिने सरकारी अधिकारीहरुको दाबी छ ।

लामो समय खेल क्षेत्रमा सुधार खासै नभएपनि १३ औ साग संस्करणले खेल क्षेत्रमा उज्यालो घाम लागेको छ । वास्तवमा नेपालले खेलकुदमा सुधार गर्न चाहेको छ, गर्न सक्दो रहेछ भन्ने सन्देश १३ औ संस्करले दिएको छ ,साथसाथै चुनौती पनि छन् । चुनौतीलाई अवसरमा बदलेर अगाडि बढ्ेमा नेपालको खेल क्षेत्रमा सुधार गर्न सकिनेमा दुइमत छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com