ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय अभिनेताले गरे आत्महत्या


एबीसी न्यूज
पुस ११, २०७६ शुक्रबार  २ : १५ बजे

एजेन्सी । भारतीय टिभी जगतका चर्चित अभिनेता एवं बलिउड फिल्ममा समेत देखिइसकेका कुशाल पंजाबीको निधन भएको छ । कुशालको मृत्यु हुँदा उनी ३७ वर्षका मात्रै थिए ।

भारतीय मिडिया आजतकका अनुसार कुशालले आत्महत्या गरेका हुन् । बिहिबार राती कुशलको शव घरभित्र झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।  रिपोर्टका अनुसार कुशाल डिप्रेशनबाट गुज्रिरहेका थिए । साथै उनको हेयर ट्रान्सप्लान्ट शल्यक्रिया गडबड भएको थियो ।

कुशालको मृत्युको जानकारी उनका निकै मिल्ने साथी र टिभी जगतका अभिनेता करनवीर बोहराले आफ्नो सोसल ह्यान्डलमार्फत् दिएका छन् । करनवीरले आफ्ना साथी कुशालका लागि एउटा नोट लेखेका छन् । जसमा उनले भनेका छन्, ‘तिमी गएको भन्ने खबर सुन्दा म स्तब्ध छु, मैले अहिलेसम्म पनि यो कुरा स्विकार गर्न सकेको छैन । मलाई थाहा छ तिमी यहाँ भन्दा राम्रो स्थानमा छौ । तिमीले सधैं मलाई जीवनमा प्रेरणा दियौ । म सधैं तिमीलाई डान्सिङ ड्याडीको रुपमा याद गर्नेछु ।’

कुशालले एक डान्सर र मोडलको रुपमा मनोरञ्जन क्षेत्रमा कदम राखेका थिए । उनले आफ्नो टिभी करियरको सुरुवात सन् १९९५ मा रिलिज भएको ‘अ माउथ फुल अफ स्काय’ बाट गरेका थिए ।

त्यसपछि उनी ‘लभ म्यारिज’, ‘कसम से’, ‘देखो मगर प्यार से’, ‘डन’ सहित विभिन्न सिरियलमा देखिए । कुशालले बलिउडको पनि विभिन्न फिल्ममा अभिनय गरेका छन् । उनले लक्ष्य, सलाम ए इश्क, हमको इश्क ने मारासहित विभिन्न फिल्ममा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com