ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्छ– मन्त्री पोखरेल


admin
पुस ८, २०७६ मंगलबार  ८ : १७ बजे

काठमाडौं, ८ पुस । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले हिजोको जस्तो सामान्य ढङ्गले शिक्षामा गुणात्मक सुधार नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको इतिहासमा पहिलो पटक एकीकृत शिक्षा नीति आएको छ, सामुदायिक विद्यालयलाई सबलीकरण कार्यक्रमको घोषणा गरेका छौँ ।” उहाँले नयाँ शिक्षा नीतिले उपक्षेत्रगत नीतिलाई पनि व्यवस्थित गर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयलाई सबलीकरण गर्ने आयाम सरकारका तर्फबाट कार्यान्वयनको प्रक्रियामा लगिएको बताउनुभयो । ‘प्रधानाध्यापक, शिक्षक, समुदाय र स्थानीय सरकारको भूमिका राम्रो हुनुपर्छ”, उहाँले भन्नुभयो, “विद्यालयको जग्गा, कक्षा कोठा र अन्य भौतिक पूर्वाधारको सुधार आवश्यक छ ।” उहाँले सामुदायिक विद्यालयलाई व्यवस्थितरूपमा चलाउन नयाँ ढङगले काम गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक सामुदायिक विद्यालयले गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सामान्य शिक्षाले समाज परिवर्तन नहुने उहाँको भनाइ थियो ।

अर्को प्रसङ्गमा शिक्षामन्त्री पोखरेलले मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीको मागका सम्बन्धमा सरकारले ठिक कदम चालेको बताउनुभयो । उहाँले २०७४ सालदेखि लिइएको बढी शुल्क तत्काल फिर्ता र २०७२ देखिको हकमा आयोगको रिपोर्टका आधारमा निर्णय गरिने बताउनुभयो । कतिपय कलेजमा शुल्कको समस्या समाधान भएको भन्दै उहाँले बाँकी रहेका कलेजको समस्या पनि छिट्टै टुङगिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com