
सिरहा ७ पुस ७ । हत्या भएको ३२ वर्षपछि एकजना अपराधी सिरहा प्रहरीले पक्राउ गरेको हो । २०४४ सालमा सिरहामा हत्याका घटनाका अभियुक्तलाई अदालतले दोषी ठहर गरेको १६ वर्षपछि पक्राउ परेका हुन् ।
पक्राउ पर्ने ६८ वर्षीय वृद्ध हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने सिरहा नगरपालिका वडा नं २० का ६८ वर्षिय हिरवा सहनी रहेका छन् । सहनी दुईवटा कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर गरिएका हुन् । कर्तव्य ज्यानको एउटा मुद्दामा सहनीलाई अदालतले १० वर्ष र अर्कोमा २० वर्षको सजाय तोकेको छ ।
सहनीलाई सिरहा जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए । २०४४ साल पुस १३ गते सिरहाको कृष्णपुर गाविसमा रामनाथ यादब र रामचन्द्र यादबलाई गोली हानि हत्या गरिएको थियो । उक्त घटनामा यादबद्वयका बुवाले किटानी जाहेरी दिएका थिए । जिल्ला अदालत सिरहाले २०६० साल माघ २८ गते प्रतिवादी हिरवा सहनीलाई १० वर्ष कैद सजाय सुनाएको थियो ।
पुस १७ गते नै सहनीले सन्हैठा गाविस वडा नं २ बस्ने एक पाँच महिने शिशुलाई हत्या गरेको अभियोग लाग्यो र उक्र घटनामा पनि अदालतले सहनीलाई दोषी ठहर गर्दै २०६० माघ २८ गते २० वर्ष कैदको सजाय सुनायो ।एसपी चतुर्बेदीले अदालतको फैसला बमोजिम ६८ वर्षीय सहनीले ३० वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने बताए ।








प्रतिक्रिया दिनुहोस्