
बझाङ,७ पुस । बझाङमा भालुको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्वर ७ सुवेडा बस्ने ५० बर्षिया सितादेखी रोकायालाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट सितादेवी रोकाया गम्भिर घाइते भएकी हुन् । घर नजिकै काम गरि रहृकाृ अबस्थामा एक्कासी भालुले आक्रमण गरी सत्त घाइते बनाएको स्थानिय हिक्मत महरले जानकारी दिनु भएको छ । भालुको आक्रमण गर्दा घाइते रोकायाको टाउको, छातीमा गम्भिर चोट लागेको जिल्ला अस्पताल बझाङका प्रमुख ड। मिलन खड्काले जानकारी दिनुभएको छ ।
जिल्ला अस्पताल चनपुरमा भालुको आक्रमणबाट घाइते भएकी स्थानिय सितादेवी रोकाको उपचार सम्भव नभएपछी उनलाई थप उपचारलागी नेपालञ्ज रिफर गरिएको छ । यस अघाडी पनी भालुले जयपृथ्वी नगरपालिका वडा न. ७ छयालामा ७ वटा गाईलाई मारेको थियो । भालुले बस्तिमा नै आएर आक्रमण गर्न थालेपछी स्थानिय त्रसित भएका छन् ।








प्रतिक्रिया दिनुहोस्