ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक गुणस्तर सुधार्न २३ बुँदे घोषणापत्र


admin

बाग्लुङ्ग, ७ पुस । बागलङ्ग जिल्लाको जैमिनी नगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका काम थाल्ने भएको छ । आइतबार सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा शिक्षासम्बन्धी कानून निर्माण सुझाव सङ्कलन कार्यशालाबाट २३ बुँदे घोषणापत्र जारी गर्दै नगरपालिकाले सार्वजनिक शिक्षामा सुधारको उद्घोष गरेको हो ।

शिक्षामा लगानी कम हुने प्रतिफलको आशा धेरै हुने भएकाले शैक्षिक सुधारका लागि पहल थालिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । नगरले बनाउन लागेको शिक्षा ऐनका लागि सुझाव सङ्कलन र सार्वजनिक शिक्षामा सुधारका लागि आवश्यक छलफल गर्न विज्ञसहितको कार्यशाला आयोजना गरिएको थियो ।राष्ट्रिय शिक्षा नीतिअनुसार बालकक्षादेखि कक्षा ८ सम्मका बालबालिकालाई निःशुल्क तथा अनिवार्य शिक्षा लागू गर्न नगरले सरोकारवालासँगको सहकार्यमा काम थाल्ने भएको छ । शिक्षण सिकाइलाई नियमित र प्रभावकारी बनाउनका लागि विद्यार्थी तथा शिक्षकको नियमित हाजिरी परीक्षण गर्ने घोषणापत्रमा उल्लेख छ ।

उत्कृष्ट शिक्षक विद्यार्थी पुरस्कृत गर्ने, महिनामा एकपटक हरेक विद्यालयले अभिभावक भेला गरी स्वमूल्याङ्कन गराउने, मल्टिमिडियाको माध्यमबाट अध्ययन अवलोकन, विद्यालय हाताभित्र मादकपदार्थको तथा सुर्तीजन्य पदार्थको सेवनमा रोक, बालमैत्री, अपाङ्ग मैत्री तथा लैङ्गिकमैत्री हिंसा नभएको विद्यालय क्षेत्र बनाउने घोषणापत्रमा उल्लेख छ ।सिकाइमा पछाडि परेका बालबालिकाका लागि अतिरिक्त कक्षा सञ्चालन, विद्यालय सुधार योजना निर्माण, कार्यान्वयन र समयमा समीक्षा, कक्षा ३ सम्मका बालबालिकाका लागि डेक्स–बेन्चको साटोमा व्यवस्थित बसाइसहितको कक्षाकोठा, पाठ्य योजनाको तयारी, विद्यालय हाताभित्र करेसाबारी, वृक्षारोपण, पठनपाठनको माध्यम नेपाली, अङ्ग्रेजीका अलावा स्थानीय भाषा हुन सक्ने, विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको व्यवस्थापन तथा दरबन्दीको मिलान र शैक्षिक वर्षको अन्तसम्ममा नगरको शिक्षा ऐन तयार गर्ने लगायतका महत्वपूर्ण बुँदा घोषणापत्रमा समावेश गरिएको छ ।

कार्यशालामा शिक्षाविद् प्राडा मनप्रसाद वाग्ले, पूर्वसचिव प्राडा महाश्रम शर्मा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदी लागयतको उपस्थिति थियो । जैमिनी नगरपालिकाका सबै विद्यालयमा प्रधानाध्यापक, नगर कार्यपालिकाका सदस्यहरु, शिक्षक तथा कर्मचारी सहभागी कार्याशालाले उक्त घोषणापत्र तयार परेको हो ।कार्यशालामा वाग्ले, शर्मा, सुवेदी र तनहुँ जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले नगरमा सार्वजनिक शिक्षामा गुणस्तर सुधारका लागि अनुभवसहितका सुझाव राखेका थिए । कार्यशालामा उठेका विषयमा छलफल गर्दै प्राडा वाग्लेले माटो सुहाउँदो शिक्षा नीति र व्यावहारिक शिक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।

इच्छा शक्ति भए गुणस्तरीय र व्यावहारिक शिक्षाका लागि स्रोतको अभाव नरहेको उहाँको भनाइ थियो । देशको सङ्घीय संरचना निर्माणसँगै बनेको कानूनले नजिकको सरकारलाई शिक्षाको तल्लो तहको जिम्मेवारी दिएको भन्दै स्थानीय तहले इमान्दारितापूर्वक जिम्मेवारीको बहन र दायित्व बोध गर्नुपर्ने उहाँको भनाइ थियो ।कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव शर्माले शिक्षामा सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । शिक्षक विद्यार्थीको मात्रै प्रयासले व्यावहारिक शिक्षा आर्जनमा कठिन हुने भन्दै उहाँले अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले शिक्षालाई अरू विकासका पूर्वाधार जस्तै राजनीतिक रुपमा मूल एजेन्डा बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यशालामा सरोकारवालाले जैमिनी नगरपालिकाले निर्माण गर्न लागेको शिक्षा ऐनको मस्यौदामाथि आफ्ना सुझाव राखेका थिए । नगरले कानून बनाउँदा कार्यान्वयन हुने खालको बनाउनुपर्ने र कानूनी सहजताले मात्रै शैक्षिक विकासमा टेवा पुग्ने उहाँहरुको धारणा थियो । नगरपालिकाले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालसँगको सहकार्य र ओपन सोसाइटी फाउन्डेशनको सहयोगमा कार्यशालाको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com