ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजगढ विमानस्थलमा सर्वोच्चको तगारो, काम अघि नबढाउन आदेश


admin

काठमाडौं, ६ पुस ।  सर्वोच्च अदालतले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम अघि नबढाउन अन्तिरिम आदेश दिएको छ ।

आइतबार रिट निवेदक र सरकारको कुरा सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र कुमार रेग्मीको इजलाशले विमानस्थल निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो । यसअघि रिट निवेदनमाथि प्रारम्भिक रुपमा सुनुवाई गर्दै मंसिर २० गते न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेशका लागि उपस्थित हुन दुवै पक्षलाई आदेश दिँदै निर्माण कार्य यथास्थितिमा राख्न आदेश दिएको थियो । पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, बासुनाथ खत्रीलगायत ११ जनाले गरेको रिट दर्ता गराउनु भएको हो । मंसिर १७ गते दायर गरिएको रिट निवेदनमा निजगढमै विमानस्थल बनाउँदा धेरै प्राकृतिक क्षति हुने भएकाले अन्यत्र सार्न माग गरिएको छ ।

सर्वोच्चले आइतबार विमानस्थल निर्माण कार्य रोक्न अन्तरिम आदेश दिएसँगै विमानस्थल निमार्णको कार्य अवरुद्ध हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले प्रशासनिक काम सकेर मंसिर भित्र विमानस्थलको शिल्यान्यास गर्ने तयारी गर्नुभएको थियो । यस्तै वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले गत भदौ २४ गते दायर गरेको रिट पनि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । आइतबार राणा र रेग्मीकै इजलाशसमा उक्त रिटको समेत पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ। उक्त रिटमा भदौ २९ गते न्यायाधीश वमकुमार श्रेष्ठको इजलासले इआईए प्रतिवेदन पेश गर्न आदेश दिँदै अन्तरिम आदेशबारे छलफल गर्न निवेदक र विपक्षी नेपाल सरकारलाई उपस्थित हुन आदेश दिएको थियो । इआए प्रतिवेदनमा विमानस्थल बनाउँदा साना ठूला गरी २४ लाख ५० हजार रुख काट्नुपर्ने उल्लेख छ । पर्यटन मन्त्रालयले रुख कटानका लागि वन मन्त्रालयसँग गत वर्ष नै स्वीकृतिका लागि अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com