ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ दिनदेखि चर्किएको आन्दोलनले स्थानीय तहको काम ठप्प


admin

काठमाडौं, ६ पुस । आठ दिनदेखि डाकनेश्वरी नगरपालिकामा चर्किएको आन्दोलनले स्थानीय तहको कामकाज ठप्प बनेको छ । अनियमितता र भ्रष्टाचारविरुद्ध मङ्सिर २९ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका युवाले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । नगरपालिकालाई गत मङ्सिर १९ गते दिएको छ सूत्रीय मागको सुनुवाइ नभएको भन्दै युवा र बुद्धिजीवीले तालाबन्दी गरेर विरोध प्रदर्शन जारी राखेका हुन् । एक साता तालाबन्दी गर्दा पनि माग पूरा नभएको भन्दै युवाले ‘भ्रष्टाचार हटाउः नगरपालिका बचाउ’ भन्दै पातो बजारमा मोटरसाइकल ¥याली निकालेका छन् । नगरपालिकाको हरहिसाब सार्वजनिक गर्न तथा यस अवधिमा खरीद गरिएका सामानको विवरण तथा बिल सार्वजनिक गर्न प्रदर्शनकारीले माग राखेका छन् ।

तालाबन्दी गरेर प्रदर्शन जारी राखे पनि मागबारे नगरपालिकाले चासो नदिएकामा स्थानीयवासी अरविन्द मण्डलले आक्रोश पोख्नुभयो । नगरपालिका कार्यालयमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै उहाँले भन्नुभयो, “आर्थिक पारदर्शिता नगरेसम्म आन्दोलन जारी रहन्छ ।”भ्रष्टाचार बन्द गर्नुपर्ने, आर्थिक अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्नेलगायतका माग अघि सार्दै प्रदर्शनकारीले आन्दोलन थालेका हुन् । सङ्घर्ष समितिका प्रदीप यादवले भ्रष्टाचारको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, कोष तथा लेखा नियन्त्रण कार्यालय र नगरवासी सम्मिलित उच्चस्तरीय भ्रष्टाचार छानबिन समिति गठनको माग गर्नुभयो ।

वडा कार्यालयलाई उपलब्ध गराइएको मोटरसाइकल खरीद प्रक्रिया र सोको बिल उपलब्ध गराउन तथा आर्थिक वर्ष २०७५÷७६ मा सार्वजनिक गरिएको खर्च विवरणको विभिन्न शीर्षकको बिल, विवरण र कागजातको छायाँकपी उपलब्ध गराउनुपर्ने माग राखी आन्दोलन जारी छ । सङ्घर्ष समितिले नगरपालिकामा प्रयोग भइरहेको डिजिटल हाजिरी ठीक रहेको प्रमाणित गर्ने आधारको लिखित प्रष्टीकरण उपलब्ध गराउनुपर्ने माग गरेको छ । नगरपालिकाको कर्मचारी र पदाधिकारी समयमा उपस्थित नहुनुका कारण प्रष्ट्याउनसमेत उनीहरूले माग गरेका छन् ।आन्दोलनरत युवाले डाक्नेश्वरी नगरपालिका–५ स्थित नमूना माविको भवन निर्माणमा छुट्याइएको रु एक करोड ४८ लाख रकमबाट टायबिम मात्र खडा गरिएको, पर्खाल नै निर्माण नगरी नगरपालिका परिसरमा पर्खाल निर्माणको नाममा पाँच लाख खर्च गरिएको आरोप लगाए ।

नगरपालिकाका प्रमुख र उपप्रमुखसहित तीन वडाध्यक्षमा राजपा विजयी छ । नगरपालिका प्रमुख शिवनारायण साहले समस्या समाधानका लागि युवासँग वार्ताको पहल भइरहेको बताउनुभयो । समस्याको निकासका लागि जनप्रतिनिधिले पहल नगरेको भन्दै आन्दोलनकारी युवाको आक्रोश बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com