अछाम, ६ पुष । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले समग्र शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि शिक्षक, बिद्यार्थी र अबिभाबक एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ । बागेश्वरी आधारभुत बिधालय बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारासैनको २ कोठे भवनको उद्घाटन गर्दै बोहराले शिक्षा बिना समाज अपुरो हुने भन्दै सबैले शिक्षामा एक जुट हुन आवश्यक रहेको उल्लेख गर्नु भयो ।
उहाँले प्रदेशको समृद्ध बिकासका लागि सरकार लागि परेको भन्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्य लगाएत बिकास निर्माणलाई पुरा गर्न लागि पर्ने बताउनु भयो । यस्तै उहाँले शिक्षाको गुणस्तर वृद्धिको लागि भौतिक पुर्बाधारको कमि हुन नदिने बताउदै यसका लागि स्थानीय ब्याक्तिहरुले सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । मन्त्री बोहराले प्रदेश सरकारले संचालन गरेका हरेक बिकासका गतिविधिहरु तिब्र रुपमा अघि बढेको बताउनु भयो । अछाम जिल्लामा पनि बिकासका कामले गति लिएको उल्लेख गर्दै उहाँले शिक्षा, स्वास्थ, सडक, लगायतका गतिबिधी आगामि दिनमा निरन्तरता दिने बताउनु भयो । उहाँले गाउँठाउँको बिकासका लागि स्थानीयहरु एकजुट भएर तिब्रताका साथ काम गर्न सक्नु पर्ने बताउनु भयो ।
आर्थिक बर्ष २०७५/०७६ को प्रदेश पूर्बाधार कार्यक्रम बाट बिनियोजित बजेट बाट बागेश्वरी आधारभुत बिधालय धाराशैनको २ कोठे भवन निर्माण भएको छ । भवन उद्घाटन कार्यक्रममा उपाध्यक्ष लोक बहादुर साउद लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्