ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षाको गुणस्तर वृद्धिको लागि भौतिक पुर्बाधारको कमि हुन नदिने– अर्थमन्त्री बोहरा


admin
पुस ६, २०७६ आईतबार  ३ : २३ बजे

अछाम, ६ पुष । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले समग्र शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि शिक्षक, बिद्यार्थी र अबिभाबक एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ । बागेश्वरी आधारभुत बिधालय बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारासैनको २ कोठे भवनको उद्घाटन गर्दै बोहराले शिक्षा बिना समाज अपुरो हुने भन्दै सबैले शिक्षामा एक जुट हुन आवश्यक रहेको उल्लेख गर्नु भयो ।

उहाँले प्रदेशको समृद्ध बिकासका लागि सरकार लागि परेको भन्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्य लगाएत बिकास निर्माणलाई पुरा गर्न लागि पर्ने बताउनु भयो । यस्तै उहाँले शिक्षाको गुणस्तर वृद्धिको लागि भौतिक पुर्बाधारको कमि हुन नदिने बताउदै यसका लागि स्थानीय ब्याक्तिहरुले सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । मन्त्री बोहराले प्रदेश सरकारले संचालन गरेका हरेक बिकासका गतिविधिहरु तिब्र रुपमा अघि बढेको बताउनु भयो । अछाम जिल्लामा पनि बिकासका कामले गति लिएको उल्लेख गर्दै उहाँले शिक्षा, स्वास्थ, सडक, लगायतका गतिबिधी आगामि दिनमा निरन्तरता दिने बताउनु भयो । उहाँले गाउँठाउँको बिकासका लागि स्थानीयहरु एकजुट भएर तिब्रताका साथ काम गर्न सक्नु पर्ने बताउनु भयो ।

आर्थिक बर्ष २०७५/०७६ को प्रदेश पूर्बाधार कार्यक्रम बाट बिनियोजित बजेट बाट बागेश्वरी आधारभुत बिधालय धाराशैनको २ कोठे भवन निर्माण भएको छ । भवन उद्घाटन कार्यक्रममा उपाध्यक्ष लोक बहादुर साउद लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com