ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खलंगा–जुम्ला सडक : ६ वर्षपछि सुल्झियो विवाद


admin

काठमाडौं, ६ पुस । खलङ्गा–पाँचकाटीया–फूलचाउली–बारेकोट हुँदै जुम्ला जोड्ने सडक निर्माणको विवाद सुल्झिएको छ । समयमै वातावरणीय प्रभाव मूल्याङ्कन इआइए नहुँदा र सामुदायिक वनको अवरोधले सडक निर्माणको काम छ वर्षदेखि रोकिएको थियो । सर्वपक्षीय बैठकले सडक निर्माण सञ्चालन गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा भएको छलफलबाट सडक निर्माणका लागि आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो । बैठकले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय र डिभिजन वन कार्यालय लगायतलाई तत्काल निर्माणको काम अगाडि बढाउन आवश्यक निर्देशन दिएको छ । छ वर्षअघिको ठेक्काको म्याद थप गरेर तत्काल निर्माण अघि बढाउन निर्देशन दिइएको प्रदेशसभा सदस्य सिंहले बताउनुभयो  उक्त खण्डको निर्माण अवरुद्ध हुँदा जुम्ला जोड्ने सडक अलपत्र परेको उहाँको भनाइ छ । जाजरकोट–जुम्ला सडकको फूलचाउली खण्डको १८ किलोमिटर निर्माणका लागि सडक डिभिजन कार्यालय, सुर्खेतले २०७० सालमा टेण्डर खोलेको थियो । सडक निर्माणका लागि रौताहा कन्स्ट्रक्सन, उदयपुरले दुई करोड रुपैयाँमा ठेक्का पारे पनि इआइए नहुँदा निर्माण अवरुद्ध भएको थियो । सम्झौताको डेढ वर्षपछि इआइए भएपछि ठेकेदारले काम शुरु गर्न खोजेका थिए । खुर्पा सामुदायिक वन उपभोक्ता समूहले अवरोध गरेपछि लामो समय सडक निर्माण रोकिएको थियो । वन समूहको अवरोधपछि तत्कालीन जिल्ला वन कार्यालयले व्यवसायीलाई सडक निर्माण नगर्न निर्देशन दिएको थियो ।

विवादकै क्रममा सम्झौताको अवधि सकिएको कम्पनीका प्रतिनिधि शान्तबहादुर बस्नेतले बताउनुभयो  । “कार्यक्षेत्रमा वन उपभोक्ताको अवरोध र जिल्ला वन कार्यालयको परिपत्रले काम गर्ने अवस्था आएन”, उहाँले भन्नुभयो, “अवरोधकै बाबजुद पनि १० किलोमिटर सडक निर्माण गरियो, तर वन क्षेत्रमा सडक निर्माणको काम रोकिएको थियो ।”वन उपभोक्ता समितिको अवरोध हटेपछि थप कार्यका लागि म्याद थप गर्न निवेदन दिए पनि अस्वीकृत भएपछि निर्माण रोकिएको हो । सडक डिभिजन कार्यालय, चौरजहारीले म्याद थपका लागि गरेको सिफारिस सडक विभागले अस्वीकृत गरेका कारण सडक निर्माणको काम पूरा नभएको निर्माण कम्पनीले जनाएको छ ।

उहाँका अनुसार १० किलोमिटर सडक निर्माण गरिएपनि रु २८ लाख मात्र भुक्तानी भएको थियो । “सडक कार्यालयले इआइए गरेर मात्र ठेक्का सम्झौता गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “ठेक्का सम्झौताको सात महिना अवधिलाई नै आधार मानेर म्याद थप नहुँदा सडक निर्माणको काम लामो समयसम्म अलपत्र परेको हो ।”रौताहा कन्स्ट्रक्सनसँग नै म्याद थप गरी सडक निर्माणको काम तत्काल अगाडि बढाइने सडक डिभिजन कार्यालय, चौरजहारीका इञ्जिनीयर कुशल भुसालले बताउनुभयो  । उक्त ठेक्कामा निर्माण कम्पनीले २६ प्रतिशत भुक्तानी लिएको उहाँले जानकारी दिनुभयो  ।

त्यस्तै पूर्वाधार विकास कार्यालयले आव २०७५/७६ मा उक्त सडकखण्डको थप निर्माणका लागि केशव शाह कन्स्ट्रक्सन सेवासँग सम्झौता गरिसकेको छ । कार्यालयका अनुसार रु दुई करोड ७० लाख रुपैयाँमा बाँकी सडकखण्डको काम गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com