ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकको अभावले ट्युसनको भरमा एसइईको तयारीमा विद्यार्थी


admin

काठमाडौं, ५ पुस । सरकारी उदासिनता र लापरवाहीका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन् । उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसइई आउन तीन महिनामात्रै बाँकी भए पनि जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन् ।

डुडुवा गाउँपालिकाका अधिकांश विद्यालयमा शिक्षकको अभाव देखिएको छ । शिक्षकको अभावले यहाँका विद्यालयमा गुणस्तरीय त परै जाओस् नियमित पढाइसमेत हुनसकेको छैन । गाउँपालिकाको राष्ट्रिय मावि वनकट्टीमा शिक्षकको अभावले विद्यार्थी पठनपाठनबाट पूर्णरूपमा बञ्चित भइरहेका छन् । पटक–पटक विद्यालय प्रशासनसँग शिक्षक माग गर्दा कहीँकतैबाट व्यवस्थापन हुन नसकेको बताइएको छ ।

विसं २०६६ मा मावि तहको पढाइ शुरु गरेको विद्यालयमा मावि तहमा एक पनि शिक्षकको दरबन्दी छैन । वर्षभरि लगाएर पूरा गर्नुपर्ने विषय ट्युसन र स्व : अध्ययनका भरमा परीक्षा दिनुपर्ने बाध्यता रहेको विद्यार्थीको भनाइ छ । मुख्य विषयको ट्युसन पढे पनि अन्य विषय घरमै अध्ययन गरेर परीक्षा दिनुपर्ने बाध्यता रहेको छ । शिक्षक अभावमा विद्यालयमा कार्यरत तल्ला तहका शिक्षकले बाध्यतावश कक्षा ९ र १० लाई पढाइरहेका छन् । एसइईको तयारीमा रहेका केही विद्यार्थी ट्युसनका भरमा स्वःअध्ययन गरिरहेका छन् । शिक्षक अभावमा आजित विद्यार्थीले शुक्रबार गाउँपालिकाको कार्यालयमै पुगेर शिक्षकको व्यवस्था गर्न माग गरेका छन् । पोशाकसहित पुगेका विद्यार्थीले तत्काल विद्यालयमा शिक्षक उपलब्ध हुनुपर्ने माग राखेका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

गाउँपालिका अध्यक्षसँग विद्यार्थीले पढाइ नै नभएर आफूहरूको परीक्षाको नतिजा राम्रो नआउने गुनासो गर्दै तत्काल विषयगत शिक्षकको व्यवस्था गर्न माग गरेका थिए । यसको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने भन्दै विद्यार्थीले विद्यालयका प्रधानाध्यापकसहितको टोलीसमक्ष तत्काल शिक्षकको माग गरेका छन् । परीक्षा आउन तीन महिनामात्रै बाँकी छ । राष्ट्रिय मावि वनकट्टीमा गणित, विज्ञान, अङ्ग्रेजीलगायत मुख्य विषयको पढाइ हालसम्म पनि भएको छैन । उक्त विद्यालय स्थापनाकालदेखि दरबन्दीविहीन छ । हरेक वर्ष शिक्षक माग गर्दै आए पनि अहिलेसम्म दरबन्दी पाउन नसकिएको विद्यालयका प्रधानाध्यापक मोहम्मद हुसेन खाँले बताउनुभयो । सजिलो विषय तल्लो तहका शिक्षकले पढाउने गरे पनि विज्ञान, गणितलगायतका विषय शिक्षक अभावमा पढाइ हुनै नसकेको उहाँ बताउनुहुन्छ । शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष चौधरीको भनाइ छ ।

उहाँले शिक्षक अभाव रहेको स्वीकार गर्दै गाँउपालिका नयाँ सोचका साथ अघि बढ्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी शैक्षिक नीति नै तयार गरेर अघि बढ्ने सोचका साथ लागिरहेका छौँ ।” दीर्घकालीनरूपमा शिक्षकको समस्या समाधानका लागि जिल्ला शिक्षा समन्वय एकाइलगायतका अन्य सरोकारवालासँग पनि छलफल चलिरहेको उहाँले बताउनुभयो । शिक्षक अभावलाई पूर्ति गर्न गाउँपालिका सक्रिय भएर लागेको अध्यक्ष चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com