बझाङ,५ पुस । ज्यान मार्ने उद्योगमा मुद्घा खेपीरहेका वडा अध्यक्ष सहित ९ जना धरौटीमा रिहा भएका छन् । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिलक खडका सहित ९ जना शुक्रबार ५ लाख ७५ हजार रुपियाँ मा जिल्ला अदालत बझाङबाट धरौटीमा रिहा भएका हुन् ।खड्का लगायत ९ जनाको समुहले सोही वडा घर भएका ७६ बर्षिय बृद्घ डबल बहादुर खड्का र निर्मला खड्कालाई कुटपिट गरी सक्त घाइते बनाएको भन्दै बृद्घ डबल बहादुर खड्काका छोरा त्रिभुवन खडकाले कार्तिक ६ गते ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बझाङमा मुद्धा गराएका थिए ।
मुद्धा परेपछि खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ अध्यक्ष तिलक खड्का, ओमजंग खड्का,बसन्त खड्का,जंग खड्का,एकेन्द्र खड्का,सन्तोष खड्का, भरत थापा,दिपक खड्का, किरण खड्का गरी ९ जना मंसिर ११ गते जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका डियसपी गणेश बमले जानकारी दिनभयो । आरोपी प्रहरी सम्पर्कमा आएपछि २३ दिनसम्म अनुसन्धान गरी जिल्ला अदालत पठाएको उहाँको भनाइ छ ।
कुटपिटबाट बुबाको दुवै खुट्टा भाँचिएका छन घाइतेका छोरा तिलक खड्काले भने खुट्टा टेक्ने अवस्था नभएपछि लामो समयदेखि देखि काठमाडौको विएण्डबी अस्पताल मा उपचार भइरहेको छ । जिल्ला अदालत बझाङले धरौटीमा रिहा गरेपश्चात वडा अध्यक्ष तिलक खड्काले शनिबार चैनपुरमा पत्रकार सम्मेलन गरी आफु र आफुसँग आरोप लागेका सम्पुर्ण व्यक्तिहरु निर्दोष भएको जानकारी दिनुभयो ।
। पत्रकारमा सम्मेलनमा उहाँले घाइते डबल बहादुर खड्का मदिरा सेवन गरी लडेको र आफुहरुलाई परिबन्धमा फसाइएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्