बझाङ, १ पुस । बझाङमा हिउँमा पुरीएर दुई किशोरको मृत्यु भएको छ । बझाङ जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर १ बस्ने १८ वर्षिया कविराज बोहरा र १४ वर्षिया शहदेब बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
मंसिर २५ गते घरबाट सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाँउमा जडीबुटी संकलन गर्ने भन्दै गएका दुवै जनाको हिउँमा पुरीएर मृत्यु भएको त्यहाँका स्थानिवा प्रेम पुजाराले बताउनुभयो । जडीबुटी संकलन गर्न गएका दुवै जना घर नफर्कीएपछि खोजी गर्दै जाँदा मंगलबार दुवै जना मृत अवस्थामा फेला परेको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताउनुभयो । अहिले प्रहरी चौकी दौलीचौरबाट घटनास्थलमा प्रहरी टोली खटीसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गणेश बमले जानकारी दिनुभयो
प्रतिक्रिया दिनुहोस्