ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरमा राखिएको शङ्‍कास्पद वस्तु बम नभएको पुष्टि


admin
मंसिर ३०, २०७६ सोमबार  २ : ४५ बजे

जनकपुरधाम,३० मंसिर । यति बेला धनुषा जिल्ला बमको हल्लाले त्रसित भएको छ । पछिल्लो दुई दिन देखि यहाँ बम र शंकास्पद वस्तुको कारणले सर्वसाधारणमा डर उत्पन्न भएको छ । शुक्रवार राति भएको बम बिस्फोटमा तीन जनाको मृत्यु भएको घटना नसेलाउँदै आइतवार राती देखि तीन ठाउँमा भेटेको शंकास्पद वस्तुले सबैको ध्यानलाई केन्द्रित गरेको छ भने अहिले कुनै ठाउँमा शंकास्पद वस्तु हेर्दा त्यसलाई शंकाको रुपमा हेर्ने अवस्था भएको छ ।

आइतवार राति जनकपुरधाम उपमहानगरपालिका वडा नं। ९ मा रहेको संकटमोचन मन्दिरभन्दा केहि पर शंकास्पद वस्तु कुकर फेला परेको थियो । उक्त शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा त्यस क्षेत्रमा प्रहरी परिचालन गरी उक्त ठाउँमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको थियो । आज विहान नेपाली सेनाको बम डिस्पोज गर्ने टोलीले उक्त शंकास्पद वस्तु बम नरहेको पाइएको छ ।

त्यस्तै आज विहान वडा नं। ९ मै सरस्वती मावि नजिक शंकास्पद वस्तु रहेको खबर आएपछि त्यहाँ घेरा दिई सर्वसाधारणलाई आवद जावतमा रोक लगाइएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोली उक्त शंकास्पद वस्तुलाई जाँच गर्दा बम नभएको पुष्टी भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । उहाँले सर्वसाधारणलाई नडराउन सर्वसाधारणसँग नडराउन आग्रह समेत गर्नुभयो । यसैगरी धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं। ५ मा रहेको श्री माध्यमिक विद्यालयको लेखा शाखाको झ्यालमा शंकास्पद वस्तु रहेको खबर आएको थियो । शंकास्पद वस्तु रहेको खबर आएपछि स्कुललाई खालि गराएर त्यहाँ पनि बम डिस्पोज टोली पुगेका थिए तर त्यहाँपनि उक्त शंकास्पद वस्तु फोहरको थैला रहेको पाइएको धनुषा प्रहरीले जानकारी दिए।

एनसेलको आयोजनामा जनकपुरधाममा पुस ३ गते आयोजना हुन लागेको एनसेल मेलालाई लक्षित गरेर नेकपा विप्लवको त्रास फैलाउने काम हुन सक्ने सुरक्षा निकायको अनुमान छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार यो घटनामा विप्लवको कार्यकर्ताले हात हुन सक्छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं। ५ मा शुक्रवार राती भएको बम बिस्फोटमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको थियो भने अहिले पनि तीनजनाको उपचार धरानमा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com