ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लव समूह छिन्नभिन्न भएको गृहमन्त्री बादलको दावी


एबीसी न्यूज
मंसिर २७, २०७६ शुक्रबार  १२ : ५३ बजे

काठमाडौं, २७ मंसिर गृहमन्त्री रामबहादुर थापाले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)लाई छिन्नभिन्न पारेको भन्दै प्रहरीको प्रशंसा गर्नुभएको छ ।

उहाँले प्रहरीसँगै सुरक्षा निकायको सक्रियताका कारण विप्लव समूह छिन्नभिन्न दावी गर्नुभएको हो । शुक्रबार काठमाडौंमा आयोजित नयाँ ब्याजका प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले विप्लव समूह अब छिन्नभिन्न भइसकेको घोषणा समेत गर्नुभयो । ‘शान्ति सुरक्षामा खलल पुर्‍याउने समूहविरुद्ध प्रहरी र सुरक्षा निकायको कारबाहीले प्राप्त गरेको सफलताबाट त्यो समूहका गतिविधि छिन्नभिन्न भएको छ,’ गृहमन्त्री बादलले विप्लव समूहको नामै भन्नुभयो ।

गृहमन्त्री थापाले अझै पनि केही आपराधिक, विखण्डकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरु सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुर्‍याउन सक्रिय रहेको उल्लेख गर्दै त्यस्ता समूहको सुक्ष्म विश्लेष गरी योजनाबद्ध रुपमा कारबाहीमा उत्रिन पनि प्रहरीलाई निर्देशन दिनुभयो ।प्रहरीले इमान्दारितापूर्वक बगाएको पसिना र रगतको सरकारले उचित मूल्याङ्कन गर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले निर्धक्क भएर जिम्मेवारी निर्वाह गर्न पनि प्रहरीलाई नेतृत्वसहित कर्मचारीलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री थापाले पछिल्लो समय प्रहरीको काम प्रशंसनीय भएको उल्लेख समेत गरे । यद्यपि प्रहरीको आचरण र व्यवहार सामाजिक मूल्य र मान्यताअनरुपको हुनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

अध्यादेश ल्याउँदै सरकार

भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com