काठमाडौं, २७ मंसिर गृहमन्त्री रामबहादुर थापाले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)लाई छिन्नभिन्न पारेको भन्दै प्रहरीको प्रशंसा गर्नुभएको छ ।
उहाँले प्रहरीसँगै सुरक्षा निकायको सक्रियताका कारण विप्लव समूह छिन्नभिन्न दावी गर्नुभएको हो । शुक्रबार काठमाडौंमा आयोजित नयाँ ब्याजका प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले विप्लव समूह अब छिन्नभिन्न भइसकेको घोषणा समेत गर्नुभयो । ‘शान्ति सुरक्षामा खलल पुर्याउने समूहविरुद्ध प्रहरी र सुरक्षा निकायको कारबाहीले प्राप्त गरेको सफलताबाट त्यो समूहका गतिविधि छिन्नभिन्न भएको छ,’ गृहमन्त्री बादलले विप्लव समूहको नामै भन्नुभयो ।
गृहमन्त्री थापाले अझै पनि केही आपराधिक, विखण्डकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरु सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुर्याउन सक्रिय रहेको उल्लेख गर्दै त्यस्ता समूहको सुक्ष्म विश्लेष गरी योजनाबद्ध रुपमा कारबाहीमा उत्रिन पनि प्रहरीलाई निर्देशन दिनुभयो ।प्रहरीले इमान्दारितापूर्वक बगाएको पसिना र रगतको सरकारले उचित मूल्याङ्कन गर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले निर्धक्क भएर जिम्मेवारी निर्वाह गर्न पनि प्रहरीलाई नेतृत्वसहित कर्मचारीलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री थापाले पछिल्लो समय प्रहरीको काम प्रशंसनीय भएको उल्लेख समेत गरे । यद्यपि प्रहरीको आचरण र व्यवहार सामाजिक मूल्य र मान्यताअनरुपको हुनुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्