ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटना अपडेट : मृत्यु हुने र घाइतेको नाम खुल्यो


admin
मंसिर २६, २०७६ बिहीबार  ५ : ४६ बजे

काठमाडौं, २६ मंसिर । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको बा५ख ५३८४ नंको टिपर हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को तुम्कोट भिरमा दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका २५ वर्षीया सोनाम मिगुर लामा र नाम्खा–४ बस्ने साबेल लामा रहेका छन् । मृत्यु भएका दुवै जनाको सनाखत भएर आफन्तले बुझेका छन् ।

घाइते हुनेमा टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २५ वर्षीय कुलमान तामाङ र हुम्लाको नाम्खा गाउँपालिका–१ का ३२ वर्षीया सोनाछेजुन लामा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । घाइते चालकसहित लामाको अहिले स्थानीय मुचु स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । टिपर भिरबाट सात सय मिटरभन्दा तल खसेको उहाँले बताउनुभयो ।

हिल्सादेखि खाद्य वस्तु र डिजेल बोकेर याल्वाङ्ग जाने क्रममा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । हुम्लामा आज बिहानदेखि हिमपात भएका कारणले हिउँमा चिप्लेर दुर्घटनामा भएको हुनसक्ने जिल्ला प्रहरीले आशङ्का गरेको छ ।यसअघि मङ्सिर ११ गते सल्ली खोलाबाट चामल ओसारिरहेको टिपर सिमकोट लाग्नामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतमा १० दिनभित्रै चौथो पटक इन्धनको मूल्य वृद्धिः नयाँ दिल्लीमा पेट्रोलको मूल्य १०० रुपैयाँ नाघ्यो

राष्ट्रपति पौडेलको आग्रह : सगरमाथाको प्राकृतिक स्वरूप जोगाऔं, जलवायु संकट सामना गरौं

सम्बन्धित

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा हावाहुरी चल्ने

बयारपट्टी छोटी भन्सार हटाउने निर्णयविरुद्ध प्रधानमन्त्रीको पुतला दहन

मधेस प्रदेशः नवनियुक्त ५ मन्त्रीले लिए शपथ

सिंहदरबार प्रवेश गरेर होहल्ला गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com